सबै समाचार

1003 Posts
हेटौंडा-१३ मा भूमि अधिकार वडा कमिटी गठन

हेटौंडा-१३ मा भूमि अधिकार वडा कमिटी गठन

हेटौंडा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी गठन भएको छ । नगरको वडा कमिटी भेलाले विजय जिम्बाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । मञ्च नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षता तथा जनप्रतिनिधि १३ नम्बर वडा सदस्य सानुमाया नेपालीको प्रमुख आतिथ्यता भएको कमिटी गठन कार्यक्रममा कमिटी उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सहसचिवमा रितु नगरकोटी, कोषाध्यक्षमा सबिना घलान चयन भएका छन् । सदस्यहरुमा दिलकुमारी बिश्वकर्मा, प्रकाश जिम्बा, पार्वती बिश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर बिश्वकर्मा, सन्तकुमार बिश्वकर्मा, निर्माया सुनार, प्रेमबहादुर घिसिङ चयन भएका छन् । जिल्ला मञ्च सहसचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा भएको वडा भेलामा जिल्ला मञ्च…
Read More
मकवानपुर जेन्जीद्वारा गाउँपालिका जिल्ला बाहिर पनि जेन्जी कमिटी गठन

मकवानपुर जेन्जीद्वारा गाउँपालिका जिल्ला बाहिर पनि जेन्जी कमिटी गठन

हेटौंडा / मकवानपुर जिल्लाका जेन्जी समितिले मकवानपुरका विभिन्न गाउँ पालिका लगायत बाहिरी जिल्ला बाराको जितपुरमा पनि जेन्जी समिति गठन गरेको छ । मकवानपुरको मनहरी गाउँ पालिका , राक्सिराङ्ग गाउँ पालिका , बागमती गाउँ पालिका , बाराको जितपुरमा समिती गठन गरिएको मकवानपुर जेन्जी समिति सचीव नवीन राउतले जानकारी दिए । मनहरीमा आशिष् मोक्तानको संयोजकत्वमा ७ सदस्यीय , राक्सिराङ्गमा अमर बहादुर नगरकोटीको संयोजकत्वमा १० सदस्यीय , बागमतीमा सचिन थापामगरको संयोजकत्वमा ४० सदस्यीय र बाराको जितपुरमा २२ सदस्यीय समिति गठन गरिको मकवानपुर जेन्जी समिती संयोजक सुबिन खत्री ले जानकारी दिए । जेन्जी समितिले बाराको सिमरा , जितपुरका विभिन्न वडाहरुमा समिती निर्माण गर्ने जनाइएको…
Read More
नेकपाको मनहरी गाउँपालिकाको वडा एकता सन्देश बैठक सम्पन्न

नेकपाको मनहरी गाउँपालिकाको वडा एकता सन्देश बैठक सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका वडा नम्बर ४ को एकता बैठक सम्पन्न भएको छ । भिमलाल रुम्बाको सभाध्यक्षता र नेता विरबहादुर घलान ( ज्वाला ) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको बिशिस्ट अतिथिमा नेता रामहरि सुवेदी , ध्रुब खड्का , किशोर बर्तौला थिए भने अतिथिहरुमा रेसीता पुलामी मगर ( रेखा ) , प्रकाश थापा , रोशन वल श्रीकृष्ण ढकाल , अम्मर रुम्बा लगायतको उपस्थितिमा भेला भएको थियो ।
Read More
विरोध खतिवडा भन्छन्–‘म चुनाव लड्दिनँ’

विरोध खतिवडा भन्छन्–‘म चुनाव लड्दिनँ’

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नबन्ने भएका छन् । नेकपा मकवानपुरले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो । पूर्वस्वास्थ्यमन्त्री खतिवडाले मंगलबार हेटौंडा–५ स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार व्यक्त गर्दै भने–म निर्वाचनमा उठ्दिन“, अन्य साथीहरुलाई सहयोग गर्छु । खतिवडाले आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको भन्दै र २३ र २४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन हुन लागेकाले युवालाई पालो दिन खोजेको बताए । ‘मैले राजनीतिबाट सन्न्यास लिन खोजेको होइन । यस निर्वाचन नलड्नेमात्र हो ।…
Read More
हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा — हेटौंडा अस्पतालको विषयलाई लिएर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले चिन्ता व्यक्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित एकमात्र सरकारी स्वामित्वको हेटौंडा अस्पतालबारे दिनप्रतिदिन नकारात्मक सूचना आउनुले अस्पतालको गरिमामा आँच आइरहेको मन्त्री थापा मगरले बताए। नीतिगत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू चिन्तित रहेको उनले उल्लेख गरे। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम जोडिएपछि विवादमा तानिँदै आएको हेटौंडा अस्पताल हाल सर्वोच्च अदालतमा मुद्दा खेपिरहेको छ। अस्पताललाई अमुक पार्टीको भर्ती केन्द्र बनाउन नपाइने र यो पूर्णरूपमा नेपाल सरकारकै स्वामित्वमा रहनुपर्ने माग गर्दै हेटौंडाका वरिष्ठ अधिवक्ता केशव गौतमले २०८१ साल भदौ १८ गते सर्वोच्च अदालतमा रिट दायर…
Read More
मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी

मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी

हेटौँडा । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी निर्वाचित हुनुभएको छ । हेटौँडामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरका अध्यक्ष पुष्कल नेपालको अध्यक्षता तथा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश समितिका लेखा संयोजक अजित थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सह–कोषाध्यक्ष किरणबाबु न्यौपानेको विशेष आतिथ्य रहेको थियो । निर्वाचन समितिको संयोजकको रुपमा पनि न्यौपाने नै रहनुभएको थियो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गगेल, द्वितीय उपाध्यक्षमा अमीर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ चयन…
Read More
लक्ष्मी सेन्चुरीको अध्यक्षतामा दलित वडा कमिटी गठन

लक्ष्मी सेन्चुरीको अध्यक्षतामा दलित वडा कमिटी गठन

हेटौंडा / भुमि अधिकार मंच नेपाल हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा कमिटीले प्रथम पटक दलित भेला गरि ११ नम्बर वडा दलित कमिटी गठन गरेको छ । मंचका ११ नम्बर वडा कमिटी अध्यक्ष गोपाल लामाको सभाध्यक्षता र हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाका अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । भेलाले लक्ष्मी सेन्चुरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिपक नेपाली , सचिवमा सुमित्रा विश्वकर्मा , सहसचिव मा नेत्रबहादुर परियार , कोषाध्यक्षमा बिनिता परियार चयन भएका छन् भने सदस्य मा पूर्णमाया परियार , निरा परियार , तारा सुनार , रामकुमारी दियाली , कृष्णबहादुर…
Read More
मगर संघ मकवानपुरको अध्यक्षमा थापा र सचिवमा राना

मगर संघ मकवानपुरको अध्यक्षमा थापा र सचिवमा राना

हेटौंडा । नेपाल मगर संघ जिल्ला समन्वय समितिको भएको १४ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा रामकुमार थापा मगर र सचिवमा भूपेन्द्र राना मगर सर्वसम्मत चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा वागमती प्रदेश सभा सदस्य मा. प्रेम बहादुर पुलामी मगरको प्रमुख आतिथ्यता र संघको अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्वसम्मत रुपमा संघको २१ सदस्यीय नेतृत्व चयन भएको हो । संघका केन्द्रीय सल्लाहकारहरु विश्व कुमार आलेमगर ,कुश बहादुर थापा मगर, केन्द्रीय सदस्य अमृता थापामगर, संघको बागमती प्रदेश उपाध्यक्ष खेमराज जर्गा मगर, प्रशासन सचिव रामकुमार थापा मगर, निवर्तमान केन्द्रीय सदस्य…
Read More
किन चल्यो संघको भवनमा डोजर ?

किन चल्यो संघको भवनमा डोजर ?

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको भवनमा सोमबार फेरि डोजर चलाइएको छ । संघका का पवन कार्कीले डेन्जर जोनजतिमा डोजर चलाइएको बताए । संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ले भत्किएको छतमाथी घर भत्काउने कामको जिम्मा पाएका ठेकेदारले कामदारहरु छ्तमा पठाउन नमानेपछी डोजर चलाइएको बताए । कतिपय ठाउँमा भने जोखिम मोलेरै कामदारहरुले सुरक्षा कवजबिनानै काम गरिरहेको पाइन्छ भने कति ठाउमा सुरक्षा कवज प्रयोग गरेर काम गरेको भेटिन्छ्न् कामदारहरु । केही गरि दुर्घटना भयोभने कामदार आफैले ब्यहोर्नुपर्छ के गर्नु कामत गर्नैपर्यो एक मजदुरले बताए । अहिले सम्म हेटौंडामा जिर्ण घर भत्काउने क्रममा ५ जना घाइते भैसकेका छन् । सुरक्षा कवज प्रयोग नगरी…
Read More
संचारिका समुह जिल्ला अध्यक्ष गुरुङ र परिवारलाई घलान, मुक्तानको सान्त्वना

संचारिका समुह जिल्ला अध्यक्ष गुरुङ र परिवारलाई घलान, मुक्तानको सान्त्वना

हेटौंडा / केही समय अगाडि बहिनी गुमाएर शोकमा रहेकी संचारिका समुह मकवानपुर जिल्ला अध्यक्ष निशा गुरुङलाई बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक बिकास पुर्व मन्त्री कुमारी मुक्तान र जिल्ला समन्वय समिति मकवानपुर , जिल्ला समन्वय महासङ्घ बागमती प्रदेश अध्यक्ष ललित बहादुर घलानने घरमै पुगेर सान्त्वना दिएका छन् । केही समय अगाडि आमा गुमाएकि निशाले लामो सयदेखि बोनम्यारोको समस्याले उपचाररत रहेकी बहिनी पनि गुमाइन् । यसरी शोकमा परेकोबेलामा भेटेर सान्त्वना दिने मनसायले घलान , मुक्तान र पत्रकार द्वय यम्पी शर्मा , जी न्यौपाने लगायतले पत्रकार गुरुङ र उनका घरका सदस्यहरुलाइ हेटौंडा उपमहानगर पालिका १४ नम्बर वडास्थित निवासमै पुगेर सान्त्वना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.