हेटौंडा-१३ मा भूमि अधिकार वडा कमिटी गठन

हेटौंडा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी गठन भएको छ । नगरको वडा कमिटी भेलाले विजय जिम्बाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो ।

मञ्च नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षता तथा जनप्रतिनिधि १३ नम्बर वडा सदस्य सानुमाया नेपालीको प्रमुख आतिथ्यता भएको कमिटी गठन कार्यक्रममा कमिटी उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सहसचिवमा रितु नगरकोटी, कोषाध्यक्षमा सबिना घलान चयन भएका छन् ।

सदस्यहरुमा दिलकुमारी बिश्वकर्मा, प्रकाश जिम्बा, पार्वती बिश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर बिश्वकर्मा, सन्तकुमार बिश्वकर्मा, निर्माया सुनार, प्रेमबहादुर घिसिङ चयन भएका छन् ।

जिल्ला मञ्च सहसचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा भएको वडा भेलामा जिल्ला मञ्च अध्यक्ष देवकृष्ण थोकरको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।मञ्च जिल्ला सचिव लक्ष्मणबहादुर निरौला, हेटौंडा–११ नम्बर वडामञ्च दलित कमिटी अध्यक्ष लक्ष्मी सेञ्चुरीको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.