सबै समाचार

1003 Posts
जनसंख्या नीति सार्वजनिककरण तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

जनसंख्या नीति सार्वजनिककरण तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सचिव डाक्टर सुमित्रा गौतमको सभाध्यक्षतामा भएको १ दिवसीय कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य मन्त्राल बागमती प्रदेश मन्त्री किरण थापा मगर रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री थापा मगरले अवसरको अभाव र स्वास्थ्य जटिलताको कारण अस्वभाविक रूपमा बसाइसराइ बढेको भन्दै प्रदेश-प्रदेशमै अवसरको सृजना बिकास गर्नुपर्ने बताए उनले प्रदेश सरकारले यसको नीति छिट्टै सार्वजनिक गर्ने बताए । कार्यक्रमका अर्का वक्ता जिल्ला समन्वय समिति मकवानपुर तथा जिल्ला समन्वय महासङ्घ बागमती परदेश समितिका अध्यक्ष ललित बहादुर घलानले देशमा रोजगार…
Read More
नेकपा मकवानपुरमा बिडारीदेखि बर्तौलासम्म

नेकपा मकवानपुरमा बिडारीदेखि बर्तौलासम्म

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। पार्टीले मकवानपुर क्षेत्र नं. १ बाट वहालवाला जनप्रतिनिधि ३ जना सहित कुल १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट वहालवाला जनप्रतिनिधि २ जना सहित ८ जनाको नाम सिफारिस गरेको हो। मकवानपुर क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र बीरबहादुर थिङको नाम सिफारिस गरिएको छ। साथै वहालवाला प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय समिति प्रमुख ललित…
Read More
शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

हेटौँडा । चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार (आज) वन समूहको भवनमा साधारण सभा सम्पन्न भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्र्यालको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउन नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए । स्वच्छ हावा र शुद्ध पानीको लागि वन संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘यो वन तँपाईहरुको आफ्नो हो । तँपाईहरुले रक्षा गर्नुभयो भने जोगिन्छ । तँपाईहरुले लापरवाही गरिदिनुभयो भने वन सकिन्छ । त्यसैले हामी सबै मिलेर यो वन जोगाउन आवश्यक…
Read More
कैलाश र राक्सिराङमा तीन दिन क्रीसमस बिदा

कैलाश र राक्सिराङमा तीन दिन क्रीसमस बिदा

मकवानपुर । मकवानपुरका कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाले क्रीसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्य तथा स्थानीय सरकारको कर्तव्य भएको कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तान र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको साझा धारणा रहँदै आएको छ । सोही मान्यतालाई आत्मसात गर्दै दुवै गाउँपालिकाले क्रीस्चियन समुदायको महत्वपूर्ण पर्व क्रीसमसका अवसरमा बिदा दिने निर्णय गरेका हुन् । कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तानले सबै धर्म र संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । दुवै गाउँपालिकाले देश तथा विदेशमा रहेका नेपाली क्रीस्चियन धर्मावलम्बीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति र…
Read More
घर नजिकैको क्याफेमा हो-हल्ला गरेर रातभरि सुत्नै पाइएन भन्दै स्थानीयले गुहारे  मिडिया

घर नजिकैको क्याफेमा हो-हल्ला गरेर रातभरि सुत्नै पाइएन भन्दै स्थानीयले गुहारे मिडिया

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडास्थित एक क्याफेमा रातभरि अश्लील शब्द प्रयोग गर्दै हो–हल्ला भएपछि स्थानीयवासी समस्यामा परेका छन्। हुप्रचौरको पूर्वी गेट नजिकै रहेको उक्त क्याफेमा रातभरि ठूलो स्वरमा अश्लील शब्द प्रयोग गर्दै हो–हल्ला गरिने गरेको स्थानीयको गुनासो छ। “रातभरि सुत्नै सकिनँ, बिहान ४ बजे मात्रै निदाउन पाएँ,” एक स्थानीयले मिडियासँग दुःखेसो पोखे। स्थानीयका अनुसार होटल, रेस्टुरेन्ट, बार तथा डान्सबार सञ्चालन गर्नु व्यवसायिक अधिकार भए पनि वरपर बसोबास गर्ने मानिसहरू कामबाट थाकेर घर फर्किने गर्छन्। यस्तो अवस्थामा अरूलाई असहज हुने गरी असभ्य व्यवहार गर्नु व्यक्तिगत अधिकारको हनन भएको उनीहरूको भनाइ छ। एक–दुई पटक मात्र नभई पटक–पटक यस्ता गतिविधि दोहोरिँदै आएको…
Read More
कालिकामाई टोल विकास संस्थाको २१औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

कालिकामाई टोल विकास संस्थाको २१औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

हेटौँडा । कालिकामाई टोल विकास संस्थाको २१ औँ साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा सदस्य गोरखनाथ राय प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा सामाजिक विकास शाखाका प्रबन्धक डा. भिमप्रसाद तिमिल्सिना विशेष अतिथि तथा नगर समन्वय समितिकी सचिव सुशिला मल्ल अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साधारण सभाका क्रममा शारीरिक अपाङ्गता भएका व्यक्ति, एसईई उत्तीर्ण विद्यार्थी, सिईई उत्तीर्ण विद्यार्थी तथा असल ऋणीहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। अधिवेशनबाट पुनः पुरानै कार्यसमिति…
Read More
सरकार र जेन–जी नेताबिच १० बुँदे सहमति

सरकार र जेन–जी नेताबिच १० बुँदे सहमति

मकवानपुर । नेपाल सरकारले मकवानपुर क्षेत्रमा सक्रिय जेन–जी आन्दोलनका प्रतिनिधि तथा युवा नेता अभय मिश्र र प्रदीप न्यौपाने नेतृत्वको टोलीसँग भएको १० बुँदे सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सम्पन्न सहमतिलाई स्वीकृति दिँदै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार मकवानपुरसहित देशका विभिन्न क्षेत्रमा लामो समयदेखि जारी जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो। सहमतिले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई औपचारिक मान्यता प्रदान गर्दै सरकार र युवाबीच संवादको नयाँ अध्याय सुरु गरेको मन्त्री खरेलले बताए। सम्झौतामा देशमा व्याप्त भ्रष्टाचार,…
Read More
युवालाई क्षमताका आधारमा राजनीतिक स्थान दिन माग

युवालाई क्षमताका आधारमा राजनीतिक स्थान दिन माग

हेटौँडा । जेनजी आन्दोलनले उठाएका माग म्बोधन गरेरमात्रै देशलाई विकासको बाटोमा लैजान सकिने विचार ‘वर्तमान राजनीतिक परिदृश्य : यथार्थ र आगामी मार्ग’ विषय अन्तर्क्रियाका सहभागीहरुले राखेका छन् । विगतका सरकारहरुले सुशासन, पारदर्शीता, लोकतान्त्रिक अभ्यासलगायत युवाका माग सम्बोधन गर्न नसक्दा समाजमा निराशा बढको छलफलका सहभागीहरुले बताए । युथ इनिसियटिभ, गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेशन नेपाल) र एशोसियसन अफ इन्टरनेशनल एनजिओज इन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा एनजिओ फेडेरेशनका अध्यक्ष अर्जुन भट्टराई, पूर्व मन्त्री सुमना श्रेष्ठ, मोनिका निरौला, प्रतिज्ञा बस्याल र पत्रकार हरिबहादुर थापाले युवासँग प्रत्यक्ष संवाद गरेका थिए । सुशासन, क्षमताका आधारमा राजनीतिमा…
Read More
नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको  एकता विस्तारित बैठक सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको एकता विस्तारित बैठक सम्पन्न

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको एकता विस्तारित बैठक हेटौंडा -४ स्थित जिल्ला पार्टी कार्यालयको सहिद स्मृति सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ। बैठकलाई पार्टीका केन्द्रीय नेता प्रमुख अतिथि गंगालाल तुलाधर, विशेष अतिथि सूर्य सुवेदी पथिक, बिरोध खतिवडा, कुमारी मोक्तान, विजय गौतम, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, घनप्रसाद गौतम, बालकृष्ण चौलागाईले सम्बोधन गर्नुभएको थियो। भीम पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन ध्रुव भुजेलले गर्नुभएको थियो भने जेन्जी युवा वर्षा दंगालले स्वागत गर्नु भएको थियो।
Read More
हेटौंडा बजार सडक विस्तार : तयारी पूरा, अवरोध नगर्न प्रशासनको आग्रह

हेटौंडा बजार सडक विस्तार : तयारी पूरा, अवरोध नगर्न प्रशासनको आग्रह

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते प्रकाशित सूचनाअनुसार अघि बढाइएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाको उत्साहजनक सहयोग देखिएको प्रशासनले जानकारी दिएको छ। प्रशासनले आज जारी गरेको सार्वजनिक सूचनामा व्यवसायीहरूले स्वेच्छिक रूपमा आफ्नो पसल सार्न थालेको, सेल–अफरमार्फत सामान बिक्री गरी कार्य सहज बनाइरहेको तथा सडक विस्तारलाई साथ दिइरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ। तर केही व्यक्तिहरूबाट व्यवसायीहरूलाई धाकधम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कानुनसम्मत कार्यमा अवरोध पुर्‍याउने गतिविधि देखिएको प्रशासनको आरोप छ। यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन सबैलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.