शिक्षक पन्तलाई सम्मान

हेटौडा । हेटौंडाका संस्कृत शिक्षक उदिम पन्त ‘लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान २०८२’ बाट सम्मानित भएका छन्।

ज्ञानार्जन भूमि विद्यालय (एलआरआई) ले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच पन्तलाई नगद रु. २५,००० सहित सम्मान प्रदान गरेको हो।

हाल हेटौडा एकेडेमीमा संस्कृत विषय अध्यापन गराउँदै आएका पन्तले लामो समयदेखि शिक्षण पेशामा समर्पित छन् ।

समारोहका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले वर्तमान समयमा मौलिक शिक्षाको जगेर्ना अपरिहार्य रहेको उल्लेख गरे।

वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरूलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.