हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित कृष्ण मन्दिर टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
टोल विकास संस्थाका अध्यक्ष सीता चौलागाईंको सभाध्यक्षतामा भएको साधारण सभामा ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा टोविस अध्यक्ष चौलागाईं , सचीव सीता ढकाल , कोषाध्यक्ष रन्जिता नेपालले प्रगति प्रतिवेदन ,वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोविसले ८० वर्ष पुगेका ५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समितिका उपमहा सचीव देवकुमार श्रेष्ठ , वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्





























