Day: २०८२ माघ ४, आईतवार १७:१० गते

हेटौँडामा दोस्रो वृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

हेटौँडामा दोस्रो वृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको हो। हेटौँडा–१० स्थित टीसीएन चौरमा आयोजना हुने महोत्सवमा ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ। समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुनेछन्। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सान्त्वना टिमले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।…
Read More
मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको नव–निर्मित भवनमा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर १ र आचार्यलाई निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएको छ । प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख…
Read More
कृष्ण मन्दिर टोविसको साधारण सभा सम्पन्न

कृष्ण मन्दिर टोविसको साधारण सभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित कृष्ण मन्दिर टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष सीता चौलागाईंको सभाध्यक्षतामा भएको साधारण सभामा ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा टोविस अध्यक्ष चौलागाईं , सचीव सीता ढकाल , कोषाध्यक्ष रन्जिता नेपालले प्रगति प्रतिवेदन ,वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोविसले ८० वर्ष पुगेका ५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समितिका उपमहा सचीव देवकुमार श्रेष्ठ , वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको…
Read More
कृयाशिल कृषि सहकारीमा पुनः ढुङ्गाना

कृयाशिल कृषि सहकारीमा पुनः ढुङ्गाना

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडा बसामाडी स्थित् कृयाशिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सरोज ढुङ्गाना चयन भएका छन् । सहकारीको ११ औं साधारण सभा तथा संस्थाको चौथो अधिवेशनले ढुङ्गानालाइ अध्यक्ष पदमा पुनः चयन गरेको हो । सरोज ढुङ्गानाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडाका वडाध्यक्ष ढलकबहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको सहकारीका ब्यवस्थापक बुद्धिनाथ उप्रेती ले जानकारी दिए । कार्यक्रममा टोलविकास संस्था ३ नम्बर समन्वय समितिका अध्यक्ष रोशन गोले , ११ नम्बर वडासमन्वय समितिका यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.