हेटौंडा । हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडा बसामाडी स्थित् कृयाशिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सरोज ढुङ्गाना चयन भएका छन् ।
सहकारीको ११ औं साधारण सभा तथा संस्थाको चौथो अधिवेशनले ढुङ्गानालाइ अध्यक्ष पदमा पुनः चयन गरेको हो । सरोज ढुङ्गानाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडाका वडाध्यक्ष ढलकबहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको सहकारीका ब्यवस्थापक बुद्धिनाथ उप्रेती ले जानकारी दिए ।

कार्यक्रममा टोलविकास संस्था ३ नम्बर समन्वय समितिका अध्यक्ष रोशन गोले , ११ नम्बर वडासमन्वय समितिका यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्



































































