मूख्यमन्त्री बानियाँ र नगरप्रमुख लामाले गरे सहयोग

हेटौंडा । मानव सेवा आश्रम, हेटौंडाले आफ्नो १३ औं वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार बिहान आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आश्रममा आश्रित २५० सहयोगापेक्षीहरुलाई एक दिनको भोजन सहयोग गरेका छन्।

कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीज्यूहरुको विशेष उपस्थिति रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामालगायतका जनप्रतिनिधिहरुको पनि सहभागिता थियो।

मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा” सम्बन्धी छलफल समेत गरिएको थियो। सो अवसरमा मेयर लामाले आश्रममा आश्रित महिलाहरुलाई चुरा र टिका लगाईदिएकी थिइन्।

यसैबीच, आश्रममा बस्दै आएका भक्तपुरका एक व्यक्तिलाई सोही अवसरमा परिवारसँग पुनर्मिलन गराइएको आश्रमले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.