हेटौँडामा डढेलोका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडा । हेटौँडाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्पूर्ण वातावरण धुवाँमय बनेको छ। भैरवडाँडा, मनकामना डाँडा तथा अन्य विभिन्न स्थानहरूमा फैलिएको डढेलोले वायु प्रदूषण बढाएको छ, जसले गर्दा स्थानीय बासिन्दा र सवारी साधन चालकहरू स्वास्थ्य समस्यामा परेका छन्।

धुवाँको असरले गर्दा विशेषगरी बाहिर निस्कँदा मानिसहरूलाई आँखा पिरो हुने, खोकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मोटरसाइकल, अटो तथा मयुरी चालकहरू अझ बढी प्रभावित भएका छन् किनभने उनीहरू दिनभरि खुला वातावरणमा यात्रा गर्नुपर्ने हुन्छ।

स्थानीयवासीहरूले डढेलो नियन्त्रणका लागि तत्काल उपाय खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, स्वास्थ्यकर्मीहरूले धुवाँबाट जोगिन मास्कको प्रयोग गर्न, सकेसम्म घरभित्रै बस्न तथा प्रशस्त पानी पिउन सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.