मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलको जीत

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट रेग्मीले ७०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए।

यसअघि लामा नै स्ववियु सभापति रहेका थिए। सचिव पदमा नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का दिपेश कार्कीले ५४४ मत पाए।

त्यसैगरी, कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत प्राप्त गरे।

सदस्यतर्फ पनि गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। विजयी हुनेमा मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल र अतीत अधिकारी रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.