बागमती प्रदेशको सहकारी मन्त्री श्रेष्ठले १०० दिनमा के गरे ?

मकवानपुर । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले मंसिर ७ गतेदेखि जिम्मेवारी सम्हाल्नु भएको मन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । मन्त्रालयको लागि भवन तथा पूर्वाधार व्यवस्थापन देखि सहकारी बचत पीडितको रकम फिर्ता गराउन गरेको पहलसम्मलाई मन्त्री श्रेष्ठले आफ्नो उपलब्धिमा उल्लेख गर्नुभएको छ ।

सय दिनको अवधिमा सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य शुभारम्भ, नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमन सुचारु, थप तीन वटा सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा लगायतका कार्यहरु भएको उहाँले दाबी गर्नुभयो ।

सेवा प्रबाहलाई सूचना प्रविधि मैत्री बनाउन सहकारी संस्थाहरुको प्रतिवेदन, बिवरण र अभिलेखहरुलाई डिजिटाइजेश गरी कार्यसम्पादनलाई छरितो बनाउन प्रारम्भिक चरणमा सफटवेयरको लागि प्रारुप तयार गर्ने कार्य भइरहेको मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्रालयले यस अवधिमा थप तीनवटा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । गत पुष २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं तथा सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ललितपुरलाई मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको मन्त्री श्रेष्ठले बताए । यसअघि दर्शन बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं र सिभिल बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं समस्याग्रस्त सहकारी घोषणा भएका थिए ।

यो अवधिमा १२ वटा सहकारीका सञ्चालकलाई मन्त्रालयमा बोलाएर पिडीतको रकम फिर्ता गर्ने प्रक्रिया र आधार पेश गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेपछि सम्पर्कमा नआएका थप ८ वटा सहकारी संस्थालाई केन्द्रिय अनुसन्धान ब्यूरो पठाइएको बताउनुभयो । यो सँगै ७५ वटा सहकारीलाई कार्वाहीका लागि प्रहरी र सिआईबिमा पठाइएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशको क्षेत्रधिकार भित्र दर्ता सहकारी संख्या ३ हजार २ सय २७ बटा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.