मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो वडा खेलकुद महोत्सव २०८१ हुने भएको छ । यही माघ ९ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको बृहत खेलकुद महोत्सवबारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।
एक महिनासम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, दौड, वादविवाद, स्लो स्कुटी लगायतका २६ विधाका खेलकुद गतिविधि सञ्चालन हुने ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हुने खेलकुद महोत्सव हेटौंडा ४ स्थित हुप्रचौर लगायत ४ नम्बर वडा भित्र सञ्चालित विभिन्न विद्यालयको खेल मैदानमा हुने वडा अध्यक्ष सिग्देलले बताउनुभयो । सबै प्रतियोगिताका विजेतालाई फागुन ७ गते प्रमाणपत्र, शिल्ड मेडल प्रदान गरिने वडा अध्यक्ष सिग्देलले बताए ।
विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न, विद्यालयबिच खेलकुद प्रतिस्पर्धा गराउन, खेलकुद प्रवद्धनका साथै शिक्षामा खेलकुद जोड्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । गतवर्ष ४ नं. वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।