बकैया गोल्डकपको फाइनलमा वडा नम्बर ३ र ९

फोटो फाईल

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको फाइनलमा वडा नम्बर ३ र वडा नम्बर ९ भिड्ने भएको छ । आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो ।

बकैया ९ ले ६ लाई ५–० फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ९ को जीतमा विशाल भोलनले खेलको २१ औं मिनेटमा, पासाङ घलानले ४० औं मिनेटमा, विशाल जिम्बाले ७६ औं मिनेटमा र अभिषेक भोलनले ५६ औं र ८० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए । अब वडा नम्बर ९ ले उपाधीका लागि वडा नम्बर ३ नम्बरसँग मंगलबार हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै मंगलबार नै उपाधीका लागि जुनियरतर्फ वडा नम्बर १ र ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.