मकवानपुर । हेटौंडा -४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन । इन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक बिद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक बिद्यालयकाे अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन ।
यहाँको सामुदायिक बिद्यालयमा भएका असल अभ्यास, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक भ्रमण गरिएको इन्द्रसरोवर-१ मार्खु स्थित सरस्वती वालबोधिनी माविका रामशरण दाहालले जानकारी दिए । भ्रमण टोलीले हेटौंडा ४ मा रहेको भुटनदेवि मावि, हटिया १६ मा रहेको जनप्रिय मावि, हेटौंडा ९ पशुपतिनगरमा रहेको प्रगति मावि र हेटौंडा ५ पिप्लेमा रहेको बाल ज्योति माविको अध्ययन अवलोकन गरेका हुन ।
भ्रमण टोलीलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवम् भुटनदेवि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रअ माधव प्रसाद दाहाल, सहायक प्रअ भरत पोखरेलले, लगायतले स्वागत गरेका थिए ।