प्रदेशले गरेका कामहरुको स्वमुल्याङ्कन गर्न जोड

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनु भएको छ । उपलब्धी बस्तुगतरूपमा मापन गर्न सकियो भने त्यो उच्चतम हुने बताउनुहुँदै आफूले सम्पादन गरेका कार्यहरू गर्व गर्न लायक होस भनेर लागिपर्न उहाँले प्रेरित गर्नुभयो ।

सोमबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । संविधानको धारा २२० अनुसार गठन हुने जिल्ला समन्वय समितिले राज्यका तीनै तहसङ्ग समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिएको उल्लेख गर्नुहुदै देवकोटाले विकास निर्माण अनुगमन, संयोजन, प्रकोप तथा विपत व्यवस्थापन समन्वय, सल्लाह, सुझाव, निर्देशनजस्ता अहम् भूमिका जिल्ला समन्वय समितिको रहेको बताउनु भयो ।

जिल्ला समन्वय समिती प्रमुख प्रमुख दिपक कुमार गौतमको नेतृत्वमा काभ्रे र काभ्रेली जनताको बृहत्तर हितका कार्यहरूले निरन्तरता पाउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.