मकवानपुर । २०२४ को क्रिसमस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । हेटौंडाका इसाई मन्डली, संघसंथाहरुले शुभकामना आदानप्रदान, साँस्कृतिक पृतिभोज लगायतका कार्यक्रम गरि क्रिसमस मनाएका हुन् ।
ख्रीष्ट येसु पापीहरुको उद्वार, मुक्ति र शान्ति दिन संसारमा जन्म लिनुभएको हो, त्यो खुशीमा क्रिसमस मनाउने गरिएको इसाईहरुको विश्वास र मान्यता रहिआएको छ । क्रिश्चियनहरुको बाक्लो बसोबास रहेको बागमती प्रदेशमा गैर इसाईहरुले पनि राष्ट्रिय पर्वको रुपमा खुशी साटासाट गरि यस पर्व मनाउने गरेको पाइएको छ ।

यस्तै व्यापारिक केन्द्रहरुले पनि क्रिसमस ट्री झिलिमिली बत्तीले सजाएको देख्न सकिन्छ । हेटौंडाको स्कुल अफ म्यानेजमेन्टले क्रिसमसको शुभकामना सन्देश लेखेको होर्डिङ बोर्ड हेटौंडाको बुद्ध चोकमा राखेको छ भने हेटौंडा १ स्थित चौकी टोलमा रहेको भाटभटेनी सुपर मार्केटमा ठूलो क्रिसमस ट्री सजाएको देख्न सकिन्छ ।
क्रिसमसको पुर्वसन्ध्यामा इसाई समाज, पाष्टर एशोसिएसन, एकता जवान संगती लगायत संघसंस्थाले क्रिसमस सन्देश, क्याण्डल र्याली, क्रिसमस महोत्सव लगायतका कार्यक्रम गरेका थिए ।
































