मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चाईना क्वाटरमा करिब ३० लाख लागतमा सामुदायिक भवन बन्ने भएको छ । भवनको बिहीबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी छिन् ।
सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मेयर लामाको प्रमुख आतिथ्यता र वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । भवन हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बन्न लागेको हो ।
कार्यक्रममा वडा सदस्यहरु रामकृष्ण अधिकारी र मनु दहालसँगै उत्तम शर्मा न्यौपाने, सुरेन्द्र ढुंगाना, मुना लामा, सिताराम तामाङ लगायतका विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्