मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुर तथा हेटौंडा नगर कमिटिले नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सदस्य र जिल्ला समिति मकवानपुरको सहसचिव पदमा निर्वाचित भएका नेकपा एकिकृत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङ र जिल्ला अध्यक्ष शिव चौलागाईँलाई सम्मान गरेको छ ।
तामाङ र चौलागाईंलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा जिल्ला अध्यक्ष विष्णु दाहालले खादा ओढाई कदर पत्र प्रदान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले महासंघको चुनावमा संगठको त्यती भोट नहुँदा पनि अब्बल उत्रिन सफल पत्रकारद्वय तामाङ र चौलागाईंको उच्च मुल्यांकन गर्नु पर्ने बताईन् । यसैगरी प्रदेशको महासचिव पदमा पाँच वटा जिल्लामा चुनाव जित्न सफल महासचिवका उम्मेद्वार राजन दाहालको योगदानलाई पार्टीले कदर गर्नु बताईन् ।
सम्मान कार्यक्रमा केन्द्रीय परिषद सदस्य यादव गजुरेल, प्रदेश कमिटी सदस्य शिवहरि बर्तौला, जिल्ला अध्यक्ष बिष्णु दाहाल, जिल्ला सचिव धुर्व भुजेल, जिल्ला उपसचिव किशोर बर्तौला, नगर सहइन्चार्ज राजु अधिकारी, नगर अध्यक्ष विष्णुमाया लामा, नगर सचिव सफल अधिकारी, नगर उपसचिवद्वय हेम सुवेदी, देवेन्द्र पराजुली, समाजवादी प्रेस संगठनका जिल्ला उपाध्यक्ष तथा नगर प्रचार विभाग प्रमुख जी. न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।