हेटौँडाको चुरियामाईमा लहरी गाडी पल्टिँदा बाटो बन्द, चालक घाईते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहिबार पुर्व पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. २–०३–००१ ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको हो।

गाडी चालक मकवानपुरको मनहरी ६ नम्बर वडाका ३० वर्षीय महेश मोक्तानको दाहिने हातमा चोट लागी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्। घाइते मोक्तानलाई उपचारको लागि हेटौडा अस्पताल पठाईएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीका अनुसार दुबै तर्फी अबरुद्ध रहेको सडक प्रहरी परिचालन गरि क्रेनको सहयताले खुलाउने प्रयास भईरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.