मकवानपुर । हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक रहेका छन्।
८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
प्रतिकृया दिनुहोस्