मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)का तर्फबाट बलराम बलले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा देवेन्द्रप्रसाद पराजुली प्रस्तावक र शुक्रदेवी बल समर्थक रहेका छन्।
८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
प्रतिकृया दिनुहोस्