मकवानपुर । शनिबार भएको जिल्ला लिग फुटबल प्रतियोगितामा २ टिम विजयी भएको छ । हेटौंडा ६ गौरिटारमा पदमपोखरी युथ क्लब र सानोपोखराबिच भएको खेलमा पदमपोखरीले सानोपोखरालाइ २ को विरुद्ध ३ गोलले हरायो । त्यस्तै एफ्सी मल्टीभिजन र सात नम्बरबिच भएको खेलमा दुबै तर्फबाट १–१ गोल गरेपछि रातपरेपछी केही समय खेलाउन बाँकी भन्दै बराबरीमा खेल टुङ्गाइएको थियो ।
त्यस्तै हेटौंडा ११ सिमलटार खेल मैदानमा भएको खेलमा गोर्खा ब्वाइज ले १ गोल गरे भने रियल स्टारले कुनैपनी गोल गर्न सकेन । त्यस्तै एफसी नामटार र न्यु कम्बाइनबिच भएको प्रतिस्पर्धामा साँझसम्म कसैले पनि गोल गर्न नसके पछि खेल बराबरिमा टुङ्गिएको थियोे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना मा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा ९० वटा खेलहरु हुँदैछन् जसमध्ये ४५ वटा गौरीटार र ४५ वटा खेल सिमलटारमा हुने फुटबल संघले जनाएको छ ।