मकवानपुर । पछिल्लो समय बालबालिका माथि यौन दुर्व्यवहार बढेकोमा जिल्लाका बालबालिकाहरुले प्रर्दशनी थालेका छन् । अन्तरदृष्टि नेपाल मकवानपुर शाखाको संयोजनमा बालबालिकाहरुले आइतबारबाट नागरपालिका रोडमा प्रदर्शनी गरेका हुन् ।
‘यौन दुव्र्यवहार एक सामाजिक अपराध हो’ जस्ता नारा लेखिएको प्ले कार्ड लिएर उनीहरुले यस्तो व्यवहारको विरोध गरेका हुन् । संस्थाले आइतबारबाट साताव्यापि कार्यक्रम थालनी गरेको बताइएको छ । देशभरका शाखाबाट विरोध कार्यक्रम थालिएको अन्तरदृष्टि नेपाल मकवानपुर अध्यक्ष कल्पना शर्माले बताइन् ।
एक सातासम्म विभिन्न स्कुलहरुमा पनि सचेतनाको लागि यस्तो विरोध कार्यक्रम गर्ने उनले बताइन् । परिवार भित्रैबाट यस्ता व्यवहारको अन्त्य हुनेपर्ने सहभागी बालिकाहरुले बताए । महिला तथा बालिकाहरुलाई परिवार भित्र नै सुरक्षित बातावरण बनाउन अभिभावक नै सचेत हुनुपर्ने अध्यक्ष शर्माले बताइन् ।