मकवानपुर जिल्ला लिग फुटबलः एक खेल बराबरी, एक खेल रद्ध

मकवानपुर । हेटौंडा ११ सिमलटारको खेल मैदानमा शनिबार भएको आरआर एफसी र एफसी ईन्टरनेट क्लब बिच भएको खेलमा दुबै क्लबले १–१ गोल गरेका छन् । अपरान्ह ४ बजे भएको खेल बराबरीमा टुङ्गिएको हो ।

त्यस्तै दिउँसो १ बजे हुने भनिएको सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स बिचको खेल भारी बर्षातका कारण ३३ मिनेट खेलेपछी रद्द भएको थियोे । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा आयोजित गौरिटार रंगशाला र सिमलटार खेल मैदानमा भैरहेको जिल्ला लिगको उद्घाटन खेल हेटौंडा ११ सिमलटार खेलमैदानमा भएको थियो ।

९० खेलमध्ये ४५ खेल सिमलटारमा र ४५ खेल हेटौंडा ६ गौरिटार रंगशालामा हुने आयोजकले जनाएको छ । फाइनल खेल असोज ३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.