नेकपा एस हेटौँडा नगर सचिवालय कमिटी निर्माण

मकवानपुर । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) हेटौंडा उपमहानगरपालिकाको नगर सचिवालय निर्माण गरिएको छ । बुधबार बसेको नगर कमिटीको दोस्रो बैठकले नगर सचिवालय निर्माण गरेको हो ।

हेटौंडा ४ स्थित नेकपा एसको जिल्ला पार्टी कार्यालय भवनमा बसेको बैठकले १९ वटै वडाका एक–एक जना प्रतिनिधि समेटी १९ सदस्यीय नगर सचिवालय कमिटी निर्माण गरेको हो । नगर अध्यक्ष विष्णु माया लामाको सभाध्य्क्षतामा बसेको बैठकले १९ वटै वडामा कमिटी गठन, पुनर्गठन लगायत पार्टीलाई मजबुतबनाउने गतिविधिहरु गर्ने निर्णय समेत गरेको छ ।

पार्टीकी केन्द्रिय सदस्य तथा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको बैठकमा राष्ट्रिय परिषद सदस्य यादव गजुरेल, पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहाल, जिल्ला कमिटि सचिव तथा नगर कमिटी इन्चार्ज धुर्ब भुजेल, सह–इन्चार्ज राजु अधिकारी, शुक्रदेवि बल, जिल्ला कार्यालय सचिव तिलक कुमार अधिकारी, नगर उपाध्यक्ष तारा ढुङ्गाना लामा, सचिव सफल अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.