पशु सेवा कार्यालय मकवानपुरको वार्षिक कार्यक्रम सार्वजनिक

मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार कार्यालयमा आयोजित सरोकारवाला निकायहरुको उपस्थितीमा वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठीको आयोजना गरेको हो ।

चालु आर्थिक वर्षमा पशुपन्छी तथा मत्स्य विकासका लागि पशु सेवा कार्यालयले विभिन्न योजनाहरु बनाएको बताइएको छ । जसमा पशुपन्छी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रम, पशु आहारा आत्मानिर्भर कार्यक्रम तथा बंगुर प्रवद्र्धन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ भने बाख्रा पालन प्रवद्र्धन कार्यक्रमका लागि ५ लाख रुपैंया बजेट विनियोजन गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित सरोकारवाला निकायहरुले कार्यालयले गर्ने कामहरुमा पारदर्शीता र वास्तविक किसान लक्षित हुनपर्ने बताएका थिए ।

कार्यालयको लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा ५ करोड ५५ लाख ३४ हजार रुपैंया बजेट स्वीकृत भएको कार्यालयले जनाएको छ । जसमा संघीय सशर्त तर्फ खोप तथा निरीक्षणका लागि ५ लाख ५ हजार रुपैंया, पूँजीगत खर्चतर्फ ३० लाख रुपैंया, चालू कार्यक्रम खर्च १ करोड २९ लाख २४ हजार रुपैंया र साधारण खर्चतर्फ ३ करोड ६१ लाख १ हजार रुपैंया बजेट विनियोजन भएको कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुरले बताए ।

बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समान्वय समितिकाका प्रमुख ललित बहादुर घलान, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक गौरीमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.