मजदुर संघ हेटौंडा सिमेन्ट इकाई समितिलाई प्रमाणपत्र वितरण

मकवानपुर । अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको चैत १७ गते सम्पन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरुलाई आज प्रमाण पत्र वितरण गरिएको छ । १७ कार्य समिति र २ सल्लाहकारलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानले अहिले मुलुकको ठूलो समस्या देशमा उद्योगको विकासको कमी भएको बताईन् । लोकतन्त्र स्थापनापछिको लामो समय हुँदा पनि राजनीतिक अस्थिरताका कारण देशमा उद्योग व्यापारको विकास हुन नपाएको उनले बताईन् । मुलुकलाई औद्योगिकीकरण गर्ने नाराले मात्र विकास सम्भव नभएको बताउँदै उनले उद्योग दिर्घकालिन रुपमा संचालन गर्नुपर्नेमा जोड दिईन् ।

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिरबहादुर घलान (ज्वाला), .बागमती प्रदेश सचिवालय सदस्य ललित बहादुर घलान, बागमती प्रदेश सदस्य एवम मजदुर फ्र्याक्सन इन्चार्ज विवेक राइ, अनेट्रेयू महासंघ मकवानपुर जिल्ला अध्यक्ष रामशरण घिमिरे (भान्जा), महासंघ मकवानपुरका उपाध्यक्ष रबिन्द्र केसी, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कोषाध्यक्ष अनिल बसेल, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सदस्य विशाल जिम्बा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अने।ट्रेयू संघ हेटौंडा सिमेन्ट उद्योग लि. इकाई कमिटिका अध्यक्ष नेमा डिम्डुङको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रम मुकुन्द भट्टराईले संचालन गरेको थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.