हेटौंडा । फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
फिचर लेकन प्रतियोगितामा पत्रकार अञ्जली थापा सर्वोत्कृष्ट भएकि थिइन् । उनलाई नगरप्रमुख मीना कुमारी लामाले ४५ हजार रुपैयाँको चेक सहित प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसैगरी कार्यक्रमकि प्रमुख अतिथी नगर प्रमुख लामाले उत्कृष्ट नतिजा ल्याउन सफल पत्रकारहरुमा सुनिता बिष्ट , मनिता राना , नवीन राउत , जमुना थिङ , वसन्त भण्डारी , प्रतीक्षा न्यौपाने रुपक कालिराज , सुजन ढकाल , सन्तोष विश्वकर्मा , आरती ढकाललाई प्रमाणपत्र सहित रु. १० हजारको चेक सहित प्रदान गरेकी थिइन् भने लेखन सहभागी पत्रकारद्वय गोविन्दप्रसाद न्यौपाने , रोहित थापा लाई महासंघले प्रोत्साहन स्वरुप ५/५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

फिचर लेखनका निर्णायक समिति संयोजकमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट , नेपाल पत्रकार महासंघ बागमती प्रदेशकि पुर्व उपाध्यक्ष सम्झना कार्की , महासंघका पुर्व जिल्ला अध्यक्ष भानुभक्त आचार्य रहेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाइ , कार्यसमिति सदस्य सुवर्णलाल श्रेष्ठ , उज्ज्वल अधिकारी , महासंघ जिल्ला उपाध्यक्ष ध्रुव अधिकारी , भावना रिजाल , प्रदेश तथा जिल्लाका पत्रकार संघसंगठनका अध्यक्ष लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

फिचर लेखनमा १३ जना पत्रकार प्रतिस्पर्धी थिए ।



























