सञ्चारमाध्यमको आर्थिक सङ्कटप्रति पूर्वमन्त्री खरेलको चिन्ता: तीनै तहका सरकारको सहयोग अपरिहार्य

हेटौँडा । पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले पछिल्लो समय सञ्चारमाध्यमहरू आर्थिक रूपमा धराशायी बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनका लागि हेटौँडा आइपुग्नुभएका पूर्वमन्त्री खरेलले पत्रकारहरूसँग कुरा गर्दै प्रेस स्वतन्त्रताको जगेर्नाका लागि सञ्चारमाध्यमको आर्थिक सबलीकरण आवश्यक रहेको बताउनुभयो।

पूर्वमन्त्री खरेलले भन्नुभयो, “नेपालको संविधान र कानुनले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। दक्षिण एसियामै प्रेस स्वतन्त्रताको अभ्यास र अनुभूति गर्ने सन्दर्भमा नेपाल उत्कृष्ट मुलुकमा पर्छ, त्यसैले यसलाई कुनै पनि हालतमा होच्याउनु हुँदैन।”

इमेज च्यानलका पूर्वसम्पादकसमेत रहनुभएका खरेलले पछिल्लो समय सरकारी विज्ञापनमा कटौती हुँदा सञ्चारमाध्यम र सञ्चारकर्मीहरू ठूलो आर्थिक सङ्कटमा परेको बताउनुभयो। उहाँले थप भन्नुभयो, “यस्तो विषम परिस्थितिमा सञ्चारमाध्यमलाई जोगाइराख्न तीनै तहका सरकार, विज्ञापनदाता, उद्योगी र आम व्यवसायीहरूले उदार भएर विज्ञापन उपलब्ध गराउनुपर्छ र सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्छ।”

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.