‘समर स्टीम एक्स्पो-२०८३’: प्रिमियर कलेज भक्तपुर प्रथम

हेटौँडा । समर स्टीम एक्स्पो-२०८३’ मा भक्तपुरको प्रिमियर कलेजले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ। कलेजका विद्यार्थीहरूले निर्माण गरेको ‘र्यापिड एक्सन इल्ड’ (Rapid Action Yield) डिभाइसले निर्णायकहरूको मन जित्दै ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार हात पारेको हो।

यसैगरी, हेटौँडाको जीयस निकेतनले ‘एन्टी-थेफ्ट अलार्मिङ सिस्टम’ (Anti-Theft Alarming System) प्रदर्शन गर्दै द्वितीय स्थान सुरक्षित गर्न सफल भयो। उत्कृष्ट प्रस्तुति दिएको जीयस निकेतनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, कञ्चनपुरको सनलाइट बोर्डिङ स्कुलले भने ‘छुकछुके रेल रोबोट’ प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्‍यो र २० हजार रुपैयाँ पुरस्कार पायो। विजयी सबै विद्यार्थीहरूलाई नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूमध्ये हेटौँडा-१० स्थित तुलसी मेहर मेमोरियल स्कुलमा कक्षा १० मा अध्ययनरत छात्र संयोग मुक्तान यो वर्षको ‘युवा साइन्टिस्ट’ घोषित भएका छन्। मुक्तानले ‘कन्ट्रोल रिलिज अफ न्यानो पार्टिकल्स अफ मेडिसिनल प्याकेट्स’ सम्बन्धी आफ्नो अनुसन्धानमूलक उपकरण प्रदर्शन गरेका थिए। आफ्नो उमेर समूहमा नौलो र वैज्ञानिक सोच प्रस्तुत गरेका मुक्तानलाई विशेष मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरूले पनि अलार्म रोबोट, फोहोर व्यवस्थापन मेसिन, स्मार्ट सिटी मोडल, एआई (AI) रोबोट र कृषि प्रविधिसम्बन्धी विभिन्न सिर्जनात्मक उपकरणहरू प्रदर्शन गरी आफ्नो प्रतिभा उजागर गरेका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.