नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारद्वय चुनावी अभियानमा

हेटौंडा । नेत्रबिक्रम चन्द नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर १ बाट महेश नेपाली (आरोह) , क्षेत्र नम्बर २ बाट राम घलान ( वाटर ) ले उम्मेदवारी दर्ता गराइ अहिले चुनावी अभियानमा छन् ।

२०७१ सालमा गठन भएको माक्सवाद , लेनिनवाद , माओवाद बिचारधाराका बामपंथी पार्टी मकवानपुर जिल्लामा पनि विभिन्न राजनीति गतिविधि घटना क्रमले चर्चामा छ । यसै पार्टी को प्रतिनिधित्व गर्दै राम सी र महेश सीका नामलेपनि चिनिने राम घलान( वाटर ) , महेश नेपाली ( आरोह ) ले आफुहरु आम जनताको आवज बनेर देशमा आमूल परिवर्तन ल्याउन चुनावी मैदानमा उत्रिएको बताए । जेन्जीहरुले जे कुरामा परिवर्तन चाहेका थिए त्योकुरा हामीले पहिलेदेखि उठाउदै आएको उम्मेदवारद्वयको भनाइ छ ।

गुलाफको फुल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राम घलान र महेश नेपाली आफुहहरुले चुनाव जितेको खण्डमा शिक्षा , स्वास्थ्य , रोजगारको क्षेत्रमा आमूल परिवर्तन गर्ने दाबी गर्छन् । हेटौंडामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राम सीले हामी युद्धको मैदानमा छौं चुनाव जितेपनी हारेपनी आम भोका निमुखा जनताको पक्षमा उभिएर भ्रष्टाचारमुक्त र समृद्ध देशको निर्माणमा कटिबद्ध रहन्छौ भन्दै प्रतिबद्धता जनाए ।

यस्तै अर्का उम्मेदवार महेश सीले हामीले चुनाव जित्छौ र जनताको माझमा जवाफदेही भएर काम गर्छौ भने । महेश सीले जनताका बेरोजगार समस्या , भुमिहीन दलित , सुकुम्बासीहरुको समस्या , शिक्षा , स्वास्थ्य , रोजगारको क्षेत्रमा उल्लेखनीय योगदान दिने बताए । एकचोटि जनताले हामीलाई चुनावमा भोट दिएर सुशासनको पक्षमा काम गर्न दिनुपर्ने आर महेश सी ( आरोह ) को भनाइ छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.