मकवानपुर । मकवानपुरको हेटौडामा ‘हेटौडा नेपाल ल्याब हाउस एन्ड मल्टि स्पेसियालिटी क्लिनिक’ सञ्चालनमा आएको छ।मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह राणाभाटले बिहीबार एक विशेष समारोहका बीच उक्त क्लिनिकको औपचारिक उद्घाटन गरेका हुन्।
हेटौडा उपमहानगरपालिका-१०, राप्ती रोडमा संचालित ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाभाटले मकवानपुरमा पहिलो पटक बी ग्रेडको ल्याब सञ्चालनमा आउनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए। राणाभाटले सुविधा सम्पन्न ल्याब सञ्चालन गर्ने सञ्चालक टिमलाई धन्यवाद दिँदै सेवाग्राहीहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न आग्रह गरे।
हेटौडा नेपाल ल्याब हाउसले ओपीडी, ल्याब परीक्षण, अल्ट्रासाउन्ड, फार्मेसी, ईसीजी, एक्सरे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्ने जनाएको छ। बेलप्रसाद खतिवडाको नेतृत्वमा रहेको टोलीले यस ल्याबलाई सञ्चालनमा ल्याएको हो। उद्घाटन समारोहमा ल्याबले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। जसअनुसार ब्लड सुगर परीक्षण निःशुल्क गरिने र सम्पूर्ण शरीरको चेकअप (होल बडी चेकअप) मात्र ३ हजार रुपैयाँमा गर्न सकिने जानकारी दिइएको छ।

































































