समाचार

रातोमाटेमा सुमो गाडीबाट २२५ बोतल लागुऔषध बरामद, एक जना पक्राउ

रातोमाटेमा सुमो गाडीबाट २२५ बोतल लागुऔषध बरामद, एक जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा प्रहरीले विशेष चेकजाँचको क्रममा सुमो गाडीबाट २२५ बोतल लागुऔषध ONEREX बरामद गरेको छ। लागूऔषधसहित सुमो गाडी र एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब ६:०५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अमलेखगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो गाडीलाई शंका लागेर रोकेको थियो। गाडी चालक, पर्सा जिल्ला बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई शंका लागेपछि प्रहरीले नियमानुसार उनको शारीरिक तथा गाडीको विस्तृत खानतलासी गरेको थियो। खानतलासीको क्रममा सुमो गाडीको अगाडिको भागमा राखिएको स्पेयर टायरको माथिल्लो तथा भित्री भागमा प्वाल…
Read More
चलचित्र ‘पिताम्बर’को टोली प्रचारप्रसारका लागि हेटौंडामा

चलचित्र ‘पिताम्बर’को टोली प्रचारप्रसारका लागि हेटौंडामा

हेटौँडा । गत चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पिताम्बर’को टिम प्रचारप्रसारका लागि हेटौंडा आएको छ । निर्माता, निर्देशक, प्रमुख कलाकारहरू सहितको टिम हेटौंडा आएको हो । चलचित्र पत्रकार संघ मकवानपुरद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्माण टिमले चलचित्र हेर्न आमदर्शक समक्ष आग्रह गरेका थिए । चलचित्रकी निर्देशक कृषा चौंलागाईँले फिल्मले दर्शकलाई रिफ्रेस हुने अवसर दिने दाबी गर्नुभयो । चलचित्रको मुख्य उदेश्य मनोरन्जन भएको उल्लेख गर्दै निर्देशक चौंलागाईले पिताम्बर दर्शकलाई भरपुर मनोरन्जन दिने चलचित्रको रुपमा आफूले ल्याएको बताउनुभयो । टोलीले चलचित्रको कथावस्तु र यसको पक्षहरूबारेमा जानकारी गराएका थिए । कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, निर्माता विशाल चौलागाईं लगायतका टोली…
Read More
सञ्चार क्षेत्रप्रति सधैं उच्च सम्मान छ : मेयर लामा

सञ्चार क्षेत्रप्रति सधैं उच्च सम्मान छ : मेयर लामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सञ्चार क्षेत्रप्रति आफ्नो सधैं सम्मान भाव रहेको स्पष्ट पारेकी छन्। केही दिनदेखि चर्चामा आएको एसी सम्बन्धी विवादको सन्दर्भमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूसँग त्रुटि भएको स्वीकार गरेकी हुन्। मेयर लामाले पत्रकारप्रति व्यक्त गरिएको अभिव्यक्तिले प्रेस जगतलाई चोट पुर्‍याउने कुनै मनसाय नभएको बताउँदै उक्त घटनालाई परिस्थितिजन्य रूपमा लिन आग्रह गरेकी छन्। उनले प्रेस स्वतन्त्रताको सधैं सम्मान गर्ने बताउँदै सञ्चार माध्यमप्रति आस्था र आदरभाव रहँदै आएको उल्लेख गरिन्। नेपाल पत्रकार महासंघ, मकवानपुरका पदाधिकारीहरूसँग भएको छलफलमा पनि मेयर लामाले आफ्नो गल्ती स्वीकार गर्दै आफू सधैं प्रेसको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
Read More
पदमपोखरीमा येसु ख्रिष्टको पुनरुत्थान दिवस मनाईयो

पदमपोखरीमा येसु ख्रिष्टको पुनरुत्थान दिवस मनाईयो

मकवानपुर । येसु ख्रिष्टको पुनरुत्थानको सम्झनामा हेटौंडामा इसाई समुदायले पुनरुत्थान दिवस (Easter Sunday) मनाएका छन्। पदमपोखरी संयुक्त मण्डली र पाष्टर एकता संगतिको संयोजनमा हेटौंडा उपमहानगरपालिका–१२ र १३ स्थित विभिन्न चर्चहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा भजन, प्रार्थना, बाइबल शिक्षण तथा येशूको पुनरुत्थान सम्बन्धी सन्देश प्रस्तुत गरिएको थियो। उपस्थित भक्तजनहरूले येशूप्रति आस्था प्रकट गर्दै आपसी प्रेम, मेलमिलाप र खुसी साटासाट गरेका थिए। सहभागीहरूले पुनरुत्थानको सन्देशलाई समाजमा प्रेम, शान्ति र क्षमाको भावना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै दिन, नेपालभरका विभिन्न स्थानमा पनि इसाई समुदायले विशेष कार्यक्रमहरू गरी पुनरुत्थान दिवस मनाएका छन्। ख्रीष्टियन धर्मशास्त्रअनुसार, येशू ख्रीष्ट गाडिएपछि तेस्रो दिन पुनर्जीवित हुनुभएको…
Read More
नेपाल अडिटर्स एसोसिएसन बागमती प्रदेशको अध्यक्षमा रामकुमार बर्तौला

नेपाल अडिटर्स एसोसिएसन बागमती प्रदेशको अध्यक्षमा रामकुमार बर्तौला

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः चयन भएका छन । आज शनिबार हेटौंडामा सम्पन्न अडानको सातौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल,लव प्रसाद सुवेदी,माधव प्रसाद बास्तोला सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा मणिप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमणी गैरे, सदस्य राजेन्द्र प्रसाद उप्रेती,याम प्रसाद काफ्ले, तेज प्रसाद आचार्य,मोहन प्रसाद पौडेल,भेषराज कोइराला लगायत २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान निवर्तमान केन्द्रिय अध्यक्ष एवम सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी , बरिष्ठ उपाध्यक्ष बद्री…
Read More
लुब्रिकेन्ट कम्पनी र मेकानिक्सबिच अन्तरक्रिया

लुब्रिकेन्ट कम्पनी र मेकानिक्सबिच अन्तरक्रिया

हेटौंडा । युनाइटेड लुब्रिकेन्ट प्रा.लि. धनुषाले हेटौंडामा मेकानिक्सहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गरेको छ । लुब्रिकेन्ट प्रालिका डिजिएम दिनेश खनालले सहजीकरण गर्दै बिदेशी/स्वदेशी लुब्रिकेन्ट बारे बताएका थिए । खनालले नेपाली उत्पादन पनि अरुजस्तै प्रभावकारी रहेको बताए । उनले के-कस्ता बस्तुहरु लुब्रिकेन्ट हुन् र के-कस्ता बस्तुहरु लुब्रिकेन्ट होइनन् यसका प्रयोगका बारेमा पनि मेकानिक्स हरुलाइ जानकारी हुनुपर्ने बताए । भिडोल बिदेशी कम्पनीमा उत्पादित लुब्रिकेन्ट हो भने नेपाल गोल्ड नेपाली उत्पादन हो, दुवैको गुणस्तर उस्ता-उस्तै भएको यसका मात्रा र प्रयोगमा ध्यान दिनुपर्ने खनालको भनाइ छ । मकवानपुर मोटर बाइक संचालक मुन्ना गुप्ता बानियाको सभाध्यक्षतामा हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष…
Read More
मनहरीमा ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

मनहरीमा ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

मकवानपुर । लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखी ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका ४, मुसेधापमा शनिवार उक्त सामग्रीहरु वितरण गरिएको हो । अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको थियो । मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष प्र्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए । कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५…
Read More
पत्रकार महासंघको आन्दोलनबारे सशक्त कदमको माग

पत्रकार महासंघको आन्दोलनबारे सशक्त कदमको माग

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकार सुरेश रजकको हत्या प्रकरण र पत्रकारितामाथि बढ्दो आक्रमणको सन्दर्भमा सम्पादक तथा प्रकाशकहरूसँग गम्भीर छलफल गरेको छ। महासंघको केन्द्रीय निर्देशन अनुसार आयोजना गरिएको उक्त छलफल शुक्रबार हेटौंडामा सम्पन्न भएको हो। दोस्रो चरणको आन्दोलन अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले हालको आन्दोलन कमजोर बन्दै गएको बताएका छन्। छलफलका सहभागीहरूले बन्द कोठामा सीमित हुने कार्यक्रमबाट ठोस परिणाम ननिस्कने भन्दै आन्दोलनलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखे। सरकारमाथि दबाब बढाउन रणनीति पुनरावलोकन गर्नु आवश्यक रहेकोमा सबैको जोड थियो। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिलेसम्मका आन्दोलन प्रभावशाली बन्न नसकेको टिप्पणी गर्दै आन्दोलनले अब ठोस…
Read More
कुखरेनी खोलादेखि उत्तरपानीसम्म सडक स्तरीकरण कार्यको शिलान्यास

कुखरेनी खोलादेखि उत्तरपानीसम्म सडक स्तरीकरण कार्यको शिलान्यास

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१४ स्थित कुखरेनी खोला किनारदेखि औद्योगिक क्षेत्र उत्तरपानीसम्मको सडक स्तरीकरण कार्यको शिलान्यास शुक्रबार सम्पन्न भएको छ। शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का सहित वडा सदस्यहरूको उपस्थिति थियो। उक्त सडक १ करोड ९१ लाख ४५ हजार ९३१ रुपैयाँको लागतमा निर्माण हुने भएको छ। सडक स्तरीकरणपछि यस क्षेत्रका बासिन्दाहरूलाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ, साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नगर प्रमुख लामाले शिलान्यास कार्यक्रममा बोल्दै विकासका आधारभूत संरचनाहरू निर्माण गर्नु उपमहानगरको प्राथमिकता भएको उल्लेख गर्दै भनिन्, “स्थानीय जनताको मागअनुसार हामीले प्राथमिकतामा…
Read More
कैलाश गाउँपालिकाका कृषक समूहललाई हाते ट्याक्टर वितरण

कैलाश गाउँपालिकाका कृषक समूहललाई हाते ट्याक्टर वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहललाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ वितरण गरेको हो । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रुपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन् । कैलाश ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताए । चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.