लुब्रिकेन्ट कम्पनी र मेकानिक्सबिच अन्तरक्रिया

हेटौंडा । युनाइटेड लुब्रिकेन्ट प्रा.लि. धनुषाले हेटौंडामा मेकानिक्सहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गरेको छ । लुब्रिकेन्ट प्रालिका डिजिएम दिनेश खनालले सहजीकरण गर्दै बिदेशी/स्वदेशी लुब्रिकेन्ट बारे बताएका थिए ।

खनालले नेपाली उत्पादन पनि अरुजस्तै प्रभावकारी रहेको बताए । उनले के-कस्ता बस्तुहरु लुब्रिकेन्ट हुन् र के-कस्ता बस्तुहरु लुब्रिकेन्ट होइनन् यसका प्रयोगका बारेमा पनि मेकानिक्स हरुलाइ जानकारी हुनुपर्ने बताए । भिडोल बिदेशी कम्पनीमा उत्पादित लुब्रिकेन्ट हो भने नेपाल गोल्ड नेपाली उत्पादन हो, दुवैको गुणस्तर उस्ता-उस्तै भएको यसका मात्रा र प्रयोगमा ध्यान दिनुपर्ने खनालको भनाइ छ ।

मकवानपुर मोटर बाइक संचालक मुन्ना गुप्ता बानियाको सभाध्यक्षतामा हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुर मोटरबाइक हेटौंडा र बियन्सा सप्लायर्स हेटौंडाको सपोर्टमा भएको कार्यक्रममा हेटौंडा अटोमोमोबाइल्सका रिषी कुमार , बियन्सा सप्लायर्सका बिकास नेपाल लगायतकाको आतिथ्यता रहेको थियो ।

लुबृकेन्ट कम्पनी र मेकानिक्सबिच भएको अन्तरक्रिया पहिलो चोटि हो , बियन्सा सप्लायर्स संचालक तथा कार्यक्रमका सपोर्टर बिकास नेपालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.