हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सञ्चार क्षेत्रप्रति आफ्नो सधैं सम्मान भाव रहेको स्पष्ट पारेकी छन्। केही दिनदेखि चर्चामा आएको एसी सम्बन्धी विवादको सन्दर्भमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूसँग त्रुटि भएको स्वीकार गरेकी हुन्।
मेयर लामाले पत्रकारप्रति व्यक्त गरिएको अभिव्यक्तिले प्रेस जगतलाई चोट पुर्याउने कुनै मनसाय नभएको बताउँदै उक्त घटनालाई परिस्थितिजन्य रूपमा लिन आग्रह गरेकी छन्। उनले प्रेस स्वतन्त्रताको सधैं सम्मान गर्ने बताउँदै सञ्चार माध्यमप्रति आस्था र आदरभाव रहँदै आएको उल्लेख गरिन्।
नेपाल पत्रकार महासंघ, मकवानपुरका पदाधिकारीहरूसँग भएको छलफलमा पनि मेयर लामाले आफ्नो गल्ती स्वीकार गर्दै आफू सधैं प्रेसको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस्































