२०८२ असार १४, शनिबार १९:०९ गते
२०८२ असार १४, शनिबार १९:०९ गते
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारीको क्षेत्र पहिचान गर्न नसक्दा प्रदेशका युवा विदेशिन बाध्य भएको बताउनुभएको छ।शनिबार हेटौँडामा सम्पन्न बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सीप महोत्सवको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लामाले रोजगारका अवसर थाहा नपाएर युवाहरु अलमलिँदै विदेश पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। "उद्योगधन्दा बिना रोजगारी सिर्जना हुन सक्दैन," उहाँले भन्नुभयो, "उद्योग फस्टाउन नसके रोजगारीको वातावरण पनि बन्न सक्दैन।" साथै, सरकारी क्षेत्रलाई सेवा प्रदायकको रूपमा मात्र हेर्नुपर्ने उल्लेख गर्दै उहाँले रोजगारीका लागि निजी उद्योग र उद्यमलाई संरक्षण र प्रोत्साहन गर्न सरकार खुकुलो नीति लिनेतर्फ अग्रसर हुनुपर्नेमा जोड…