२०८२ आश्विन १२, आईतवार १२:४८ गते
२०८२ आश्विन १२, आईतवार १२:४८ गते
हेटौँडा । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच पत्रकारलाई लक्षित गरी स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार महासंघमा आवद्ध पत्रकारहरूले अस्पतालमा निःशुल्क ओपीडी, शल्यक्रिया तथा भर्ना उपचार सेवा पाउने भएका छन् । साथै ल्याब परीक्षण, रेडियोलोजीसहित अन्य परीक्षणहरू पनि निःशुल्क उपलब्ध हुनेछ भने औषधि खरिदमा १० प्रतिशत छुट दिइने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो । शनिबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महासंघका सदस्यहरूले सेवा लिनका लागि सदस्यता प्रमाणपत्र अनिवार्य प्रस्तुत गर्नुपर्नेछ । प्रारम्भिक चरणमा सम्झौता तीन वर्षका लागि…