नाबालक छोराको जीवन रक्षाका लागि सहयोग याचना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार निवासी विजय स्याङ्तान र सपना स्याङ्तानका ३ महिने नाबालक छोरा केही समयदेखि भरतपुर सीएमसी अस्पतालमा उपचाररत छन् । उनलाई बेला बेलामा मुर्छित् हुने भएपछि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडामा थप उपचार गर्न भनेपछि त्यहाँबाट भरतपुर रिफर गरिएको थियो ।

केही समयदेखि भरतपुर सी एम सी अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार गरिरहेको पारिवारिक स्रोतबाट थाहा हुन आएको छ । बालकलाई शरीरमा सेतो रगत बढी भएकोले समस्या थप देखिन गएको छ । अस्पताल स्रोतले अवस्था नाजुक भएकोले भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने बताएपछी बालकलाई भेन्टीलेटरमा राखिएको पारिवारजनले जानकारी दिए ।

”छोराको उपचारमा अहिलेसम्म २ लाख रुपैयाँ खर्च भैसकेको छ , दिनमा २० हजार खर्च हुन्छ उपचारमा”, बालकका पिता विजय भन्छन् । ”आफू सामान्य ट्याक्टर चालक हु । ट्याक्टर चलाएको दिनमा आम्दानी हुन्छ , नचलेको दिनमा आम्दानी हुदैन”, स्याङ्तानले दुखेसो पोखे ।

सन्तानको नाममा एक ८ वर्षिय छोरी छ , छोरा ३ महिनाको (उपचाररत) छ स्याङ्तान परिवारको । आफ्नो आर्थिक अवस्था नाजुक भएकोले नाबालक छोराको जीवन रक्षाको लागि स्याङ्तान दम्पतीले सबैसँग सहयोगको याचना गरेका छन् । आर्थिक सहयोग गर्नकोलागी विजय स्याङ्तानको मोबाइल नम्बर 9701413191 मा सम्पर्क गर्न सकिनेछ र क्युआर कोर्ड् मार्फत् पनि सहयोग गर्न सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.