२०८२ माघ १७, शनिबार १८:०१ गते
२०८२ माघ १७, शनिबार १८:०१ गते
रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौंडा २ पल्पसाहल रोडमा रक्तदानको आयोजना भएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको सहकार्यमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ, रक्त…