समाचार

दुध र तरकारीबाट मनग्गे आम्दानी गरीरहेका छन् डुम्रेकुनाका किसानहरु

दुध र तरकारीबाट मनग्गे आम्दानी गरीरहेका छन् डुम्रेकुनाका किसानहरु

हेटौंडा । यो तस्बिरमा देखाइएको दृश्य मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडा स्थित डुम्रेकुनामा गरिएको तरकारी खेतिको हो । तरकारी खेती र दूध उत्पादन यहाँका किसानहरुको मुख्य पेशा हो । यहाँका किसानहरुले तरकारी र दूध बेचेर राम्रो आम्दानी गर्ने गरेको ६ नम्बर वडाका वडाध्यक्ष कृष्ण प्रसाद बजगाइँले बताए । आफ्नो कार्यकालमा भएको पुल निर्माण र बाटोको स्तरोन्नत्तिले गर्दा गढी गाउँपालिका र बजार आवतजावतमा सजिलो भएपछि यहाँको उत्पादनहरुलार्इ बजारीकरणको लागि गाउँका किसान दाजुभाइ दिदीबहिनीहरुलाई अझै सहज भएको अध्यक्ष बजगाईँ बताउँछन् । किसानहरुलाई काममा सहजता प्रदान गर्न वडा कार्यालयले हरप्रयास गरिरहेको बजगाइको भनाइ छ । दूध र तरकारी बेचेर लाखभन्दा माथिनै आम्दानी गर्छन्…
Read More
कुर्लेदमार चौरमा माघ १२ गते सोनाम ल्होछार मनाईने

कुर्लेदमार चौरमा माघ १२ गते सोनाम ल्होछार मनाईने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा माघ १२ गते शनिबार सोनाम ल्होछार पर्व मनाईने भएको छ । नेपाल तामाङ्ग घेदुङ गाउँपालिका कार्यसमितिको आयोजनामा राष्ट्रिय कलाकारको साथमा ल्होछार पर्व मनाईने समितिका अध्यक्ष सानोकान्छा थिङले बताए । विहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराइएको थियो । तामाङ समूदायले मान्ने सोनाम ल्होछार माघ १७ गते परेको ल्होछार पर्वको अवसरमा हामीले १२ गते कला संस्कृतिलाई जोड दिनकै लागि पर्व मनाउन लागेको अध्यक्ष थिङले बताए । नयाँ वर्ष २८६१ सर्प अर्थात डुल/सा पुख्री पर्न गएको बताउँदै अध्यक्ष थिङले तामाङ भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य…
Read More
पदम पोखरीमा चितुवाको आतंक, चितुवा नियन्त्रणमा लिन खोर र क्यामरा राखियो

पदम पोखरीमा चितुवाको आतंक, चितुवा नियन्त्रणमा लिन खोर र क्यामरा राखियो

मकवानपुर । हेटौंडाको पदमपोखरिमा चितुवा आतंक बढेको छ । गत पुस २७–२८ गतेको बिचमा राती हेटौंडा १३ आदामार (लोप्चन टोल) निवासी पूर्णसिंह लोप्चनको खोरबाट २६ दिनको सुत्केरी बाख्रा तानेर खाएपछि लोप्चन परिवार त्रसित छन् । ‘‘पदम्पोखरीमा बाघ आयो, बाघ आयो भनेको हल्ला सुन्दा त्यति पत्याएको थिइनँ आफ्नो घरको खोरबाट बाख्रा तानेर खएपछी भने बाघ आएको पत्याएको हुँ’’, प्रविन लोप्चनले बताए । ‘‘वन नजिकै घर भएकोले स–साना बच्चा, ठुलालार्इ समेत बिहान–साँझ हिँड्डुल गर्न गाह्रो भएको छ’’ लोप्चनले भने । गाउँलेहरुले बाघ हो भनेता पनि राष्ट्रिय आरक्षण समुहका एक अधिकारीले ठूलो चितुवा भएको दाबी गरेको लोप्चनले बताए । बाख्रा खाएपछि चितुवा नियन्त्रणको…
Read More
मनहरीमा माघ १६ र १७ गते सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

मनहरीमा माघ १६ र १७ गते सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा सोनाम ल्होसारको अवसरमा २ दिन सांस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ (हुलल्हो) सोनाम ल्होछारको अवसरमा माघ १६ र १७ गते वृहत् साँस्कृतिक कार्यक्रम हुन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले जानकारी दिनुभयो । सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र झाँकी समेत प्रदर्शन हुने उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगरसहित स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ…
Read More
हेटौँडा १० मा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने

हेटौँडा १० मा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजनामा गर्दै आउँदो माघ ११ र १२ गते हुने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष फुर्वा दोर्जे लामाले स्थानीय रुपमा उत्पादित वस्तुहरुलाई प्रबद्र्धन, बजारीकरण र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रदर्शनीमा उपमहानगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानहरुको प्रदर्शनी तथा बिक्रि वितरण गरिने छ । दुईदिने प्रदशनीमा एक सय वटा स्टलहरु राखिने र व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइने…
Read More
हेटौंडा ५ लाई माघ ५ गते बालमैत्री वडा घोषणा गरिने

हेटौंडा ५ लाई माघ ५ गते बालमैत्री वडा घोषणा गरिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–५ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ५ गते शनिबार ५ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए । उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१…
Read More
अध्यक्ष प्रमोद सिंह रानाभाटले गरे पदभार ग्रहण

अध्यक्ष प्रमोद सिंह रानाभाटले गरे पदभार ग्रहण

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोद सिंह रानाभाटले पदभार ग्रहण गरेका छन् । बुधबारदेखि अध्यक्षको कुर्सी सम्हालेका रानाभाटले उद्योगी , ज्यवसायीहरुको व्यवस्थापन गर्दै उद्योगी, व्यवसायीहरुको हकहितकालागि काम गर्न आफू यस ठाउँमा निर्वाचित भएर आएको बताए । आफुले निर्वाचनमा के भयो भन्ने कुरालाई बिर्सेर पक्षपात नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस २७ गते शनिबार भएको उद्योग वाणिज्य संघको निर्वाचनमा प्रत्यासी अनिल अग्रवाललाइ २४९ मतान्तरले पराजित गर्दै रानाभाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १०१४ मत ल्याउदा प्रत्यासी अग्रवाललाई ७६५ मत प्राप्त भएको थियोे ।
Read More
हेटौँडा १२ बालमैत्री वडा घोषणा

हेटौँडा १२ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बलमैत्री वडा घोषणा भएको छ । आज बालमैत्री घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले वडालार्इ बालमैत्री घोषणा गरेकी हुन् । १२ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको सभाध्यक्षतामा भएको बालमैत्री घोषणा कार्यक्रममा नगर प्रमुख लामाको प्रमुख आतिथ्यता रहेको थियोे । वडाले ५१ वटा सुचक पार गरेकोले बालमैत्री वडा घोषणा गरिएको बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानाले जानकारी दिइन् । १२ नम्बर वडाको कूल क्षेत्रफल १६.१४ वर्ग किलोमिटर रहेको छ। यस वडाको पूर्वमा वडा नम्बर ९ पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्ती खोला (वडा नम्बर ३,११ र १९), दक्षिणमा वडा नम्बर…
Read More
‘नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेकोले हामी धेरै सचेत हुनुपर्छ’-बागमती प्रदेश प्रमुख

‘नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेकोले हामी धेरै सचेत हुनुपर्छ’-बागमती प्रदेश प्रमुख

मकवानपुर । २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सन्देश व्यक्त गरेका छन् । ‘भुकम्पीय सचेतनामा वृद्धिको लागी उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचता अभिवृद्धीका लागि सन्देश वक्तव्य प्रकाशन गरेका हुन् । भुकम्पी सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन विभिन्‍न चेतना र सावधानीमुलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भुकम्प सुरक्षा दिवस "भुकम्पले सिकाएको पाठ:…
Read More
बकैया गोल्डकपमा सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ वडा नम्बर ११ विजयी

बकैया गोल्डकपमा सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ वडा नम्बर ११ विजयी

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सिनियरतर्फको उपाधी ३ नम्बर वडा र जुनियरतर्फ ११ नम्बरले जितेको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर ९ लाई ५-० गोलले हराउँदै ३ नम्बरले प्रतियोगिताको उपाधी जितेको हो । तीन नम्बरको जितमा आयुष नेगिले ह्याटि्रक गरे । यस्तै अन्जन गोले र सुजन गुरुङले एक-एक गोल गरे । सिनियरतर्फ ३ नम्बरका सुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक ३ नम्बरकै सरोज भुलन, डिफेन्डर अन्जन गोले, सर्वाधिक गोलकर्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.