समाचार

पुनर्नभा अस्पतालकाे भवन हेटौँडामा शिलान्यास

पुनर्नभा अस्पतालकाे भवन हेटौँडामा शिलान्यास

मकवानपुर ।हेटौँडामा लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवनको शिलान्यास भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम्बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भवनको शिलान्यास गरेका हुन् । मन्त्री थापाले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री थापाले हेटौँडा मात्र नभई बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको बताए। प्रदेश अस्पतालहरूले प्रदान गर्ने सेवा प्रवाहमा सेवाग्राहीको विश्वास बढ्दै गएको उनको दाबी छ। मन्त्री थापाले आयुर्वेद अस्पताल र आँखा अस्पतालहरूको विस्तार पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रदेशका सबै जिल्लाहरूमा आयुर्वेद अस्पतालहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार…
Read More
हेटौंडा जेसीजको महासचिवमा संजय कुमार न्यौपाने

हेटौंडा जेसीजको महासचिवमा संजय कुमार न्यौपाने

मकवानपुर । हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट उनी वर्ष २०२५ का लागी मनोनित भएका हुन् । यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को शाखा सम्पादक रहेका उनलाई हेटौंडा जेसीजका नव निर्वाचित अध्यक्ष पंकजदास बानियाँले महासचिवमा मनोनित गरेका हुन् ।
Read More
हेटौँडामा धनी राष्ट्रहरुलाई खवरदारी गर्न र्याली

हेटौँडामा धनी राष्ट्रहरुलाई खवरदारी गर्न र्याली

मकवानपुर । गैर सरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा हेटौंडामा खवरदारी र्याली सम्पन्न भएको छ । यहि जनवरी २० देखि २४ सम्म स्वीजरल्याण्डको डाभोसमा भईरहेको ४० भन्दा बढी विकशित राष्ट्रहरु संलग्न विश्व आर्थिक मञ्चको ५५औं बार्षिक सम्मेलनमा गरिव तथा विकासोन्मुख राष्ट्रहरुको न्यायको पक्षमा पनि ध्यान पुर्याउन दवाव श्रृजना गर्न र्यालीको आयोजना गरिएको गैसस महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले बताए । विकसित राष्ट्रका गतिविधीका कारण निम्तिएको विनास र जलवायु परिवर्तनका कारण विकासशील राष्ट्रहरुमा परेको असरको न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, मजदुरहरुलाई आधारभूत आवश्यकता पूरा गर्ने ज्यालाको व्यवस्था गर्नु पर्ने, जलवायु संकट समाधान गर्नु पर्ने, युद्ध र सैनिकीकरणमा…
Read More
हेटौंडा १ नम्बर वडा शुक्रवार निकृष्ट बालश्रम मुक्त वडा घोषणा हुने

हेटौंडा १ नम्बर वडा शुक्रवार निकृष्ट बालश्रम मुक्त वडा घोषणा हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार हेटौंडा उपमहानगर वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्न लागेको वडाअध्यक्ष सविन न्यौपानेले बताए । वडा अध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल भएको बताए । वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १४ रहेको…
Read More
हात्तिगौंडामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

हात्तिगौंडामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराइएको हो । यही माघ १६ गतेदेखि वडा नम्बर १२ पान्तले हात्तिगौँडास्थित बुद्ध माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना हुनेछ । समितिका संयोजक दिनेश चौँलागाईले पहिलो पटक नगर स्तरीय खुला वडाध्यक्ष कप भलिबलको आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा विजेताले ५० हजार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेता पुरस्कार राशी तुलसी मेहर…
Read More
मकवानपुर उद्योग वाणिज्य संघको सदस्य र सल्लाहकार मनोनित

मकवानपुर उद्योग वाणिज्य संघको सदस्य र सल्लाहकार मनोनित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको कार्यसमिति सदस्य र सल्लाहकार मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । यस्तै, बैठकमा संघको सल्लाहकारमा ८ जनालाई मनोनित गरेको छ । जसमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, बालगोपाल कंडेल र ईन्द्र नेपाल रहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दीपक उप्रेती चयन भएका छन् । कार्यकालको आधारमा वरिष्ठ उपाध्यक्ष चयन हुने प्रावधान रहेको छ । यस्तै, संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाल चयन भएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी…
Read More
भुन्द्रुङ्गटाँडीमा करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भुन्द्रुङ्गटाँडीमा करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् । सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । स्याङ्तान हाल दक्षिण कोरियामा छन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थीलाई लक्षित गरि साथी सन्देश थिङमार्फत् विद्यालयलाई आफुले स्विटर सहयोग गरेको बताए । जन्मदिनमा केक काटेर वा अन्य खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर आफुले सक्दो सहयोग गरेको उनको भनाई छ ।सानो छँदा विद्यालयमा…
Read More
हेटौंडामा १ महिने खेलकुद महोत्सव हुने

हेटौंडामा १ महिने खेलकुद महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो वडा खेलकुद महोत्सव २०८१ हुने भएको छ । यही माघ ९ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको बृहत खेलकुद महोत्सवबारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । एक महिनासम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, दौड, वादविवाद, स्लो स्कुटी लगायतका २६ विधाका खेलकुद गतिविधि सञ्चालन हुने ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हुने खेलकुद महोत्सव हेटौंडा ४ स्थित हुप्रचौर लगायत ४ नम्बर वडा भित्र सञ्चालित विभिन्न विद्यालयको खेल मैदानमा हुने वडा अध्यक्ष सिग्देलले बताउनुभयो ।…
Read More
एकीकृत समाजवादी मकवानपुरको विस्तारित बैठक सम्पन्न, यस्तो भयो निर्णय

एकीकृत समाजवादी मकवानपुरको विस्तारित बैठक सम्पन्न, यस्तो भयो निर्णय

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले पार्टीले अगाडी सारेको समाजवादी कार्यक्रम कार्यान्वयनका लागि अगाडी बढ्नुपर्ने बताएकी छिन् । आइतबार पार्टी मकवानपुरको विस्तारित बैठकमा सम्बोधन गर्दै नेतृ झाक्रीले महाधिवेशनबाट पारित भएको समाजवादी कार्यक्रमलाई आम नागरिकका बीचमा लगेर प्रचार प्रसार गर्नु आवश्यकता रहेको बताइन् । उनले राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अंगीकार गर्नुपर्नेमा जोड दिइन् । विगतमा निष्ठा, त्यागको राजनीति हुने गरेकोमा अहिले राजनीतिमा लागेर स्वार्थ पूरा गर्न मानिसहरु उद्यत रहेको उल्लेख गरिन् । पार्टी मकवानपुर जिल्ला अध्यक्ष विष्णु दहालको अध्यक्षता तथा पार्टी स्थायी कमिटि सदस्य झाँक्रीको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पोलिटब्युरो सदस्य तथा मकवानपुर…
Read More
हेटौँडा ५ बालमैत्री वडा घोषणा

हेटौँडा ५ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडालाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको छ । आज बालमैत्री वडा घोषणा समारोहमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो । उपमहानगर भित्रका १९ वडा मध्य १४ औं नम्बरमा ५ नम्बर वडालाई बालमैत्री घोषणा गर्ने क्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ सहित विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको थियो । घोषणाको क्रममा वडाले तयार पारेको बालमैत्री गित समेत सार्वजनिक गरेको छ । यस वडाको कुल क्षेत्रफल ६ दशमलव ०७ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.