एकीकृत समाजवादी मकवानपुरको विस्तारित बैठक सम्पन्न, यस्तो भयो निर्णय

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले पार्टीले अगाडी सारेको समाजवादी कार्यक्रम कार्यान्वयनका लागि अगाडी बढ्नुपर्ने बताएकी छिन् ।

आइतबार पार्टी मकवानपुरको विस्तारित बैठकमा सम्बोधन गर्दै नेतृ झाक्रीले महाधिवेशनबाट पारित भएको समाजवादी कार्यक्रमलाई आम नागरिकका बीचमा लगेर प्रचार प्रसार गर्नु आवश्यकता रहेको बताइन् । उनले राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अंगीकार गर्नुपर्नेमा जोड दिइन् । विगतमा निष्ठा, त्यागको राजनीति हुने गरेकोमा अहिले राजनीतिमा लागेर स्वार्थ पूरा गर्न मानिसहरु उद्यत रहेको उल्लेख गरिन् ।

पार्टी मकवानपुर जिल्ला अध्यक्ष विष्णु दहालको अध्यक्षता तथा पार्टी स्थायी कमिटि सदस्य झाँक्रीको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य रामचन्द्र बल, मीना कुमारी लामा, यादव गजुरेल, बागमती प्रदेश कमिटि सदस्य गौतम बुद्घ लामा, शिवहरि बर्तौला, जिल्ला सचिव ध्रुव भुजेल लगायतको उपस्थिती थियो ।

बैठकले एवी थापा, आरके शर्मा, कमल लामा, जुना रुम्वा, रघुप्रसाद आचार्य, अमृत कठायत, कर्णबहादुर प्रजा, धनराज महर्जन, प्रेम गुरुङ, भीम बहादुर मुक्तान, मनोज सुवेदी, राजन दहाल, शिवप्रसाद चौलागाई, सन्चमाया पाख्रीन, प्रिति माया मोक्तान, विष्णु थिङ, लक्ष्मण गौतम, मुकुन्द रेग्मी, एसपी पौडेल, कृष्ण उप्रेती, संगिता पोखरेल, गोरखनाथ राय लगायतलाई पार्टी जिल्ला सदस्यमा मनोनीत गरेको छ ।

यस्तै, सल्लाहकार परिषद्मा अध्यक्षमा बैकुण्ठ सापकोटा र सचिवमा नारायण अधिकारी, जेष्ठ कम्युनिष्ठ कमिटि संयोजकमा बलराम थापा, उपाध्यक्ष कर्ण वहादुर पाख्रीन मनोनित भएका छन् ।

बैठकले जिल्ला कमिटीको सचिवालय निर्माण गरेको छ भने पार्टीमा भूगोल तथा क्षेत्रगत कार्यविभाजन गरी जिम्मेवारी समेत प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.