हेटौँडा ५ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडालाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको छ । आज बालमैत्री वडा घोषणा समारोहमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।

उपमहानगर भित्रका १९ वडा मध्य १४ औं नम्बरमा ५ नम्बर वडालाई बालमैत्री घोषणा गर्ने क्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ सहित विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको थियो । घोषणाको क्रममा वडाले तयार पारेको बालमैत्री गित समेत सार्वजनिक गरेको छ ।

यस वडाको कुल क्षेत्रफल ६ दशमलव ०७ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा कर्रा खोला अवस्थित छ । यसको अधिकांस भागहरु अर्ध शहरी प्रकृतिका रहेका छन् ।

५ नम्वर वडामा कुल बालबालिका ३ हजार ७ सय ९८ जना छन् । जसमा बालिका १ हजार ७ सय ८२ र बालक २ हजार १६ जना रहेका छन् । यसैगरी उक्त वडामा सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय संचालनमा छन् । यस वडामा २४ वटा बाल समूह र एक वडास्तरी बाल समूह सञ्जाल रहेको छ । जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने संरचनागत समितिहरुमा समेत गरी जम्मा ६ सय ४६ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.