हेटौंडा । यो तस्बिरमा देखाइएको दृश्य मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडा स्थित डुम्रेकुनामा गरिएको तरकारी खेतिको हो । तरकारी खेती र दूध उत्पादन यहाँका किसानहरुको मुख्य पेशा हो ।
यहाँका किसानहरुले तरकारी र दूध बेचेर राम्रो आम्दानी गर्ने गरेको ६ नम्बर वडाका वडाध्यक्ष कृष्ण प्रसाद बजगाइँले बताए । आफ्नो कार्यकालमा भएको पुल निर्माण र बाटोको स्तरोन्नत्तिले गर्दा गढी गाउँपालिका र बजार आवतजावतमा सजिलो भएपछि यहाँको उत्पादनहरुलार्इ बजारीकरणको लागि गाउँका किसान दाजुभाइ दिदीबहिनीहरुलाई अझै सहज भएको अध्यक्ष बजगाईँ बताउँछन् ।
किसानहरुलाई काममा सहजता प्रदान गर्न वडा कार्यालयले हरप्रयास गरिरहेको बजगाइको भनाइ छ । दूध र तरकारी बेचेर लाखभन्दा माथिनै आम्दानी गर्छन् यहाँका किसानहरु, तर बेलाबेलामा गार्इवस्तु र खेतिका बालीहरुमा लाग्ने नयाँनयाँ रोगले भने केही सताउने गरेका कारण वडाध्यक्ष बजगाईँ चिन्ता व्यक्त गर्छन् ।
शिर्षक सम्पादन गरिएको छ–सं.