समाचार

हेटौँडामा थारु समुदायले माघी मनाए

हेटौँडामा थारु समुदायले माघी मनाए

मकवानपुर । हेटौंडामा थारुसमुदायले विभिन्न कार्यक्रम गरि माघी मनाएका छन् । थारु भेषभुसामा सजिएका युवायुवतीहरुले हेटौंडामा र्याली प्रदर्शन गर्नुका साथै माघी महोत्सवको पनि आयोजना गरे । थारु कल्याणकारी समाज मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवी स्कुलको चौरमा माघी महोत्सव गरिएको थियोे । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो । महोत्सवमा थारु सस्कृती झल्काउने नाचगान प्रदर्शन गरिनुका साथै थारु परिकारको समेत स्टल राखी महोत्सव अवलोकन गर्न आउनेहरुलाइ सशुल्क थारु परिकारका स्वाद चखाइएको थियोे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङ, ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल,…
Read More
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघी पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघी पर्वको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ । माघे सक्रान्ती/माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाँचगान, आफन्त भेटघाट गरि मनाउने गर्दछन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु,…
Read More
नवनिर्वाचित अध्यक्ष रानाभाटसहित कार्यसमितिको सपथ ग्रहण सम्पन्न

नवनिर्वाचित अध्यक्ष रानाभाटसहित कार्यसमितिको सपथ ग्रहण सम्पन्न

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटसहित नयाँ कार्यसमितिले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन्। ४ वर्षीय कार्यकालमा संघका यी पदाधिकारीहरुले मकवानपुरका व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धत्ता समेत व्यक्त गरेका छन् । सोमबार अध्यक्ष प्रमोदसिंह रानाभाट सहित उपाध्यक्षहरु दीपक उप्रेती, उज्वल चौलागाईं, राजु अधिकारी, काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी र सह–कोषाध्यक्ष निलम वैद्यले सपथ ग्रहण गरेका थिए । त्यस्तै उद्योगतर्फका सचिव रुपकराज दहाल, एशोसियटतर्फका सचिव माधव ज्ञवाली, वाणिज्यतर्फका सचिव कुलप्रसाद चौलागाईं, वस्तुगततर्फका सचिव राजाराम कार्की र नेत्रप्रसाद…
Read More
जरुवाटोलमा नकौली शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

जरुवाटोलमा नकौली शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, जरुवाटोलमा निर्माण भएको नकौली शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रमुख मीनाकुमारी लामासहितको टोलीले भवनको उद्घाटन गरेका हुन् । प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको आतिथ्यता रहेको थियो। वडा अध्यक्ष न्यौपानेले नवनिर्मित भवनले शहरी स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्दै यो भवन स्वास्थ्य क्षेत्रमा थप प्रगति गर्न प्रेरणादायक हुने धारणा व्यक्त गरे ।
Read More
हेटौंडामा विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

हेटौंडामा विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

हेटौँडा । प्याब्सन नगर समिति हेटौंडाको आयोजना तथा प्याब्सन जिल्ला कार्यसमिति मकवानपुरको सहकार्यमा हेटौंडामा आगामी एसईई परिक्षा तयारी अगावै विद्यार्थी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर प्याब्सनका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख मोटीभेटर डाक्टर तारा प्रसाद गिरीले समय तालिका मिलाएर, ध्यान केन्द्रित गरेर पढ्न सके एसईई परिक्षा सजिलोसँग पास गर्नसक्ने बताए । उनले पढाइको बेलामा पढाइलाई नै फोकस गरेर पढ्दा नतिजा सोचेअनुसार आउने बताए । कार्यक्रममा १८ वटा निजि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियोे । यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक विकास साथै पठन संस्कारको विकास…
Read More
वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

मकवानपुर । तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती वडा स्तरिय 8A साइड वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा वडा नं.४ ले वडा नं.२ लाई १-० गोल अन्तरले पराजित गरेको छ । विजेता टोलिका लागि जर्सी नं.२ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याज हेटौंडा ४ का जर्सी नं. २ का खेलाडी प्रकाश महर्जन घोषित भएका थिए । प्रतियोगितामा सोमबार तीन वटा खेल हुनेछन । सोमबारको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा नं.१६ बिच बिहान सात बजे, दोश्रो खेल दिउँसो १ बजे वडा नं. ६ बिरुद्ध वडा नं.१४ र तेश्रो…
Read More
हेटौँडा १२ लाई माघ २ गते बालमैत्री वडा घोषणा गरिने

हेटौँडा १२ लाई माघ २ गते बालमैत्री वडा घोषणा गरिने

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ लाई २०८१ माघ २ गते बालमैत्री वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडा नम्बर १२ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । १२ नम्बर वडाको कूल क्षेत्रफल १६.१४ वर्ग किलोमिटर रहेको छ। यस वडाको पूर्वमा वडा नम्बर ९ पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्ती खोला (वडा नम्बर ३,११ र १९), दक्षिणमा वडा नम्बर १३ रहेको छ। घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार कुल २२३६ घरधुरी रहेको यस वडामा १८…
Read More
बकैया गोल्डकपको फाइनलमा वडा नम्बर ३ र ९

बकैया गोल्डकपको फाइनलमा वडा नम्बर ३ र ९

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको फाइनलमा वडा नम्बर ३ र वडा नम्बर ९ भिड्ने भएको छ । आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो । बकैया ९ ले ६ लाई ५–० फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ९ को जीतमा विशाल भोलनले खेलको २१ औं मिनेटमा, पासाङ घलानले ४० औं मिनेटमा, विशाल जिम्बाले ७६ औं मिनेटमा र अभिषेक भोलनले ५६ औं र ८० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच अभिषेक घोषित…
Read More
बालजागृतिको सांस्कृतिक–शैक्षिक प्रदर्शनीमा विद्यार्थी पुरस्कृत

बालजागृतिको सांस्कृतिक–शैक्षिक प्रदर्शनीमा विद्यार्थी पुरस्कृत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कूलले आइतबार सांस्कृतिक–शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको सभाअध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयका वडाअध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले विद्यालयलाई नमुना विद्यालयको रूपमा देशभर चिनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रोत्साहन गर्दै शैक्षिक र सांस्कृतिक गतिविधिमा स्कुललाई अग्रणी बनाउने उद्देश्य हासिल गरेको व्यवस्थापन समिति अध्यक्ष…
Read More

पदमपोखरीमा बाघ र चितुवा आतंक

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा बाघ तथा चितुवाको आतंक बढेको छ । पछिल्लो समय यस क्षेत्रका विभिन्न स्थानमा बाघ र चितुवा देखेको भन्दै स्थानीयहरुले भटाभट सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । कतिपयले चितुवालाई नै बाघ भन्ने गरेको पनि देखिएको छ । यसैबिच हेटौँडा १३ आधाभारमा शुक्रबार राति बाघले स्थानीय पुर्ण सिंह लोप्चनको खोरमा बाँधीराखेको बाख्रा मारेको छ। बाघले बाख्रालाई आधा खाएर छाडेको र स्थानीयले होहल्ला गरेपछि बाघ भागेको बताइएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पदमपोखरीबाट टोली घटनास्थल पुगेको थियो। बाघको खोजतलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको छ। बाघले गाउँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.