मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा बाघ तथा चितुवाको आतंक बढेको छ । पछिल्लो समय यस क्षेत्रका विभिन्न स्थानमा बाघ र चितुवा देखेको भन्दै स्थानीयहरुले भटाभट सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । कतिपयले चितुवालाई नै बाघ भन्ने गरेको पनि देखिएको छ ।
यसैबिच हेटौँडा १३ आधाभारमा शुक्रबार राति बाघले स्थानीय पुर्ण सिंह लोप्चनको खोरमा बाँधीराखेको बाख्रा मारेको छ। बाघले बाख्रालाई आधा खाएर छाडेको र स्थानीयले होहल्ला गरेपछि बाघ भागेको बताइएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पदमपोखरीबाट टोली घटनास्थल पुगेको थियो।
बाघको खोजतलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको छ। बाघले गाउँ नै डुल्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ।
प्रतिकृया दिनुहोस्






























