२०८२ जेष्ठ २३, शुक्रबार २०:०२ गते
२०८२ जेष्ठ २३, शुक्रबार २०:०२ गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहकार्यमा हेटौंडामा खानेपानी आयोजना निर्माणका लागि दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। उपमहानगरपालिका र संघीय सरकारअन्तर्गतको खानेपानी योजना कार्यालयबीच उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार हेटौंडाका विभिन्न स्थानहरूमा खानेपानी ट्यांकी तथा संयोजन संरचनाहरू निर्माण गरिने छन्। परियोजना कुल २० करोड ५६ लाख रुपैयाँको लगानीमा ७०/३० अनुपातको सहलगानीमा सञ्चालन गरिनेछ। सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, संघीय योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्षका प्रतिनिधिबीच हस्ताक्षर गरिएको छ। यस योजनाबाट हेटौंडाबासीलाई सुरक्षित तथा नियमित खानेपानी सेवा पुर्याउने अपेक्षा गरिएको छ। नगर प्रमुख लामाले यस आयोजना हेटौंडाको दिगो विकासका लागि महत्वपूर्ण…