समाचार

विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा जनचेतना कार्यक्रम

विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा जनचेतना कार्यक्रम

हेटौंडा / विश्व क्षयरोग दिवसको अवसरमा युवाहरूले हेटौंडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन्। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, स्वास्थ्य क्लब तथा मदन भण्डारी हेल्थ एकेडेमी साइन्स स्कुलका युवाहरूको सहभागितामा जनचेतनामूलक र्‍याली र सडक नाटक आयोजना गरिएको हो। नेपाल सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त देश बनाउने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनी सम्बन्धित स्वास्थ्य संस्थाहरूले जनाएको छ।
Read More
स्थापन दिवसमा हेटौंडामा रक्तदान

स्थापन दिवसमा हेटौंडामा रक्तदान

हेटौंडा / मुख्य न्यायाधिवक्ता कार्यालय, बागमती प्रदेश, हेटौंडाले स्थापन दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा ७ जना महिला र २४ जना पुरुष गरी जम्मा ३१ जनाले रक्तदान गरेको मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले जानकारी दिइन्। मुख्य न्यायाधिवक्ता बस्नेतले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेपछि सुरु भएको उक्त कार्यक्रममा कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरूले समेत उत्साहपूर्वक रक्तदान गरेको कार्यालयले जनाएको छ।
Read More
विपन्न परिवारलाई काजकिरिया खर्च सहयोग

विपन्न परिवारलाई काजकिरिया खर्च सहयोग

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावमा रहेका शोकग्रस्त परिवारलाई लक्षित गर्दै काजकिरिया खर्च सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ। यसअन्तर्गत गाउँपालिकाले १२ विपन्न परिवारलाई राहतस्वरूप नगद सहयोग प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती स्वयं प्रभावित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। मनहरी गाउँपालिका–६ र ९ का परिवारहरूलाई प्रति परिवार २० हजार रुपैयाँका दरले नगद सहयोगसहित श्रद्धाञ्जलीपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहले सञ्चालन गरिरहेको उक्त कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारलाई अन्त्येष्टि सम्बन्धी खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। गाउँपालिकाले यसका लागि वार्षिक रूपमा छुट्टै बजेट विनियोजन गर्दै आएको बताइएको छ।
Read More
त्रिभुवन माविको विद्यालय व्यवस्थापन समितिमा दाहाल सर्वसम्मत चयन

त्रिभुवन माविको विद्यालय व्यवस्थापन समितिमा दाहाल सर्वसम्मत चयन

हेटौंडा / त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जुना दाहाल सर्वसम्मत चयन भएकी छन्। हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा दाहाल चयन भएकी हुन्। गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समिति बैठकले महिला मनोनित सदस्यमा परेकी दाहाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। यसैगरी सदस्यहरूमा हेटौंडा–११ नम्बर वडाको तर्फबाट वडा सदस्य संजय बिडारी दोहोरिएका छन् भने पुरुष मनोनित सदस्य जनकप्रसाद लामिछाने पनि दोहोरिएका छन्। त्यस्तै, सर्वसम्मत चयन हुने सदस्यहरूमा अभिभावकको तर्फबाट गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई चयन भएका छन्। सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला चयन भएका हुन्। विद्यालयतर्फका अन्य सदस्य बाहेक कार्यसमिति पूर्ण…
Read More
न्यू डायमण्डद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि कब्जा

न्यू डायमण्डद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि कब्जा

हेटौंडा । हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी दोस्रो राष्ट्रिय बृहत् खेलकुद तथा कृषि–पर्यटन महोत्सव अन्तर्गत आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौं, चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा न्यू डायमण्डले बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले २५–१३, २५–१५ र २५–२३ को नतिजासहित उपाधि आफ्नो नाममा लेखायो। अघिल्लो संस्करणमा उपविजेतामै सीमित रहेको न्यू डायमण्ड यसपटक उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा उक्लिएको हो। समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुवै टोली फाइनलसम्म पुगेका थिए। मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा…
Read More
चलचित्र पत्रकार संघ मकवानपुरको नेतृत्वमा फेरि कपिल खड्का

चलचित्र पत्रकार संघ मकवानपुरको नेतृत्वमा फेरि कपिल खड्का

हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको नयाँ कार्यसमिति पुनः कपिल खड्काको नेतृत्वमा गठन गरिएको छ। हालै सम्पन्न अधिवेशनले खड्कालाई पुनः अध्यक्ष पदमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोेज देवकोटा, सह-सचिवमा मञ्जिता मैनाली तथा कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी रहेका छन्। नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिता क्षेत्रको विकास, चलचित्रसम्बन्धी गतिविधिको प्रवर्द्धन तथा पत्रकारहरूको पेशागत हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Read More
राष्ट्रिय महिला भलिबल : जनशक्तिमाथि सहज जित निकाल्दै न्यू डायमण्ड फाइनलमा

राष्ट्रिय महिला भलिबल : जनशक्तिमाथि सहज जित निकाल्दै न्यू डायमण्ड फाइनलमा

हेटौँडा — हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँस्थित न्यू डायमण्ड स्पोर्ट्स क्लबले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गतको प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गरेको हो। न्यू डायमण्डले २५–१०, २५–१४ र २५–१८ को नतिजासहित ३–० ले जित निकाल्दै उपाधि नजिक पुगेको छ। खेलको सुरुदेखि नै दबाब बनाएको न्यू डायमण्डले आक्रामक र सन्तुलित खेल प्रस्तुत गर्दै जनशक्तिलाई कुनै पनि सेटमा फर्कने अवसर दिएन। समूह चरणदेखि नै उत्कृष्ट लयमा देखिएको टोलीले त्यसलाई सेमिफाइनलसम्म निरन्तरता…
Read More
त्रिभुवन माविको ६४औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

त्रिभुवन माविको ६४औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

हेटौँडा — हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडास्थित त्रिभुवन माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ जना विद्यालय व्यवस्थापन समिति सदस्य समेत चयन गरिएको छ। चयन भएका सदस्यहरूमा गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई रहेका छन्। अन्य समितिको चयन प्रक्रिया ३ दिनभित्र सम्पन्न गरिने सदस्य–सचिव तथा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले जानकारी दिए। हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौँडाका अधिकृत रमेश बिडारी, पूर्व वडाध्यक्ष गोकर्ण पराजुली, वडा…
Read More
हेटौँडा बचत तथा ऋण सहकारीमा पुनः गौतमको नेतृत्व दाबी, निर्वाचन सरगर्मी बढ्यो

हेटौँडा बचत तथा ऋण सहकारीमा पुनः गौतमको नेतृत्व दाबी, निर्वाचन सरगर्मी बढ्यो

हेटौँडा । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व चयन प्रक्रिया नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ। २०५६ सालमा २६ जना मिलेर स्थापना गरेको यो सहकारी अहिले हेटौँडाको ठूलो वित्तीय कारोबार गर्ने पुराना र स्थापित संस्थामध्ये एकका रूपमा परिचित छ। संस्थाले चैत १३ गते नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। हेटौँडा–७ मा केन्द्रीय कार्यालय रहेको सहकारीको अध्यक्ष पदका लागि संस्थापक अध्यक्ष रामशरण गौतमले उम्मेदवारी दिने संकेत गरेसँगै चुनावी माहोल थप चासोको विषय बनेको हो। सहकारी स्थापना कालदेखि करिब दुई दशक व्यवस्थापकको जिम्मेवारी सम्हालेका गौतमले अध्यक्ष बन्ने उद्देश्यसहित व्यवस्थापक पदबाट राजीनामा दिएका छन्। हाल सहकारीमा करिब ७ हजार…
Read More
एस्ट्रोनोभाको समर स्टिम क्याम्प र एक्सपो २०८३ हेटौंडामा हुने

एस्ट्रोनोभाको समर स्टिम क्याम्प र एक्सपो २०८३ हेटौंडामा हुने

हेटौंडा / हेटौंडा–५ स्थित एस्टोनोभा फाउन्डेसन नेपालले हेटौंडामा समर स्टिम क्याम्प तथा तेस्रो संस्करणको एक्सपो २०८३ आयोजना गर्ने भएको छ। सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपसँग जोड्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने तथा विषयगत दक्षता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए। उनका अनुसार आजको तीव्र रूपमा परिवर्तनशील विश्व परिवेशमा शिक्षा प्रणाली केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक सीप, नवप्रवर्तनशील सोच तथा प्रविधिमैत्री दक्षता विकासतर्फ उन्मुख हुनु अत्यन्त आवश्यक छ। ४५ दिनसम्म सञ्चालन हुने उक्त क्याम्पमा कक्षा ६ देखि माथिका विज्ञानप्रति रुचि राख्ने तथा केही गर्न चाहने विद्यार्थीहरूलाई व्यवहारिक रूपमा ज्ञान प्रदान गरिने फाउन्डेसनका अर्का सदस्य इन्जिनियर आयुष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.