२०८३ जेष्ठ ८, शुक्रबार १८:२६ गते
२०८३ जेष्ठ ८, शुक्रबार १८:२६ गते
हेटौँडा । हेटौँडामा पहिलो पटक 'नेवा: फुड फेस्टिबल तथा विविध सांस्कृतिक कार्यक्रम' आयोजना हुने भएको छ। नेवा: फुड फेस्टिबल संगमचोक समिति हेटौँडा–२ को आयोजना र हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहयोगमा आगामी जेठ १५, १६ र १७ गते संगमचोकमा महोत्सव हुन लागेको हो। समितिका अध्यक्ष अनिल कृष्ण खड्गीको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएको हो। महोत्सवमा नेवार समुदायको परम्परागत खानपान, भेषभूषा, गीत-संगीत र नृत्य सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रहनेछन्। तीन दिनसम्म चल्ने फेस्टिबलको अन्तिम दिन आगन्तुकहरूलाई विशेष नेवारी भोज (सुकु भ्वय्) खुवाइनेछ भने करिब…