समाचार

विद्यार्थीलाई दिवा खानाका लागि खाद्यान्न सहयोग

विद्यार्थीलाई दिवा खानाका लागि खाद्यान्न सहयोग

हेटौंडा । क्युवानिज इन्टरनेशनल, क्युवानिज क्लब अफ हेटौंडा नेपाल तथा हेटौंडा मोडेल अस्पताल प्रा.लि.को संयुक्त प्रायोजनमा हेटौंडा उपमहानगरपालिका–१९ अन्तर्गतको विकट गाउँ लेकपानीस्थित जीवनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई दिवा खानाका लागि खाद्यान्न सहयोग गरिएको छ। विद्यार्थीहरू भोककै कारण पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त संस्थाहरूले विगत दुई वर्षदेखि निरन्तर रूपमा खाद्यान्न, विद्यालय पोशाक तथा विद्यालय ब्याग सहयोग गर्दै आएको क्युवानिज क्लबका प्रतिनिधि कमलचन्द्र सुमनले जानकारी दिए। उनका अनुसार अति विकट क्षेत्र र विपन्न परिवारका बालबालिका गरिबीका कारण भोकै विद्यालय आउन बाध्य छन्। धेरै विद्यार्थीका अभिभावकहरू जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा गएकाले घरमा वृद्ध हजुरबुबा–हजुरआमाको संरक्षणमा बालबालिका हुर्किरहेका छन्। यस्तो अवस्थाका कारण बालबालिकाको…
Read More
बागमतीमा राष्ट्रिय सभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनले दुवै सिट जित्यो

बागमतीमा राष्ट्रिय सभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनले दुवै सिट जित्यो

हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनले दुवै सिट हात पारेको छ। महिला र अन्य क्लस्टर दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएसँगै प्रदेशमा गठबन्धनको प्रभाव बलियो देखिएको छ। महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गिता देवकोटा निर्वाचित हुनुभएको छ। उहाँले कुल ६ हजार २३९ मत प्राप्त गर्नुभयो। देवकोटाले प्रदेश सभा सदस्यबाट ६० र स्थानीय तहका प्रतिनिधिबाट १६१ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ। उहाँका मुख्य प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झा २ हजार ५२२ मतमै सीमित रहनुभयो। झाले प्रदेश सभाबाट २५ र स्थानीय तहबाट ६३ मत प्राप्त गर्नुभयो। सोही क्लस्टरमा उम्मेदवार रहेकी नेमकिपाकी कविता महर्जनले १९७ मत ल्याउनुभयो। निर्वाचन…
Read More
बालकका अभिभावकलाई जुत्ता सिलाइसम्बन्धी सामग्री सहयोग

बालकका अभिभावकलाई जुत्ता सिलाइसम्बन्धी सामग्री सहयोग

हेटौंडा । सिविन बाल हेल्पलाइन हेटौंडाले हेटौंडा–११ निवासी बालक इबित सार्कीका अभिभावकलाई जुत्ता सिलाइसम्बन्धी सामग्री सहयोग गरेको छ। सिविन हेटौंडाको सहयोगमा इबितका पिता सन्तबहादुर सार्कीलाई करिब ३० हजार रुपैयाँ बराबरको जुत्ता निर्माण सामग्री प्रदान गरिएको हो। हेटौंडा–११ स्थित शंकर ज्योति माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीय इबितका पिता सन्तबहादुर सार्की जुत्ता सिलाइसम्बन्धी पेशामा संलग्न छन्। उक्त सामग्री हेटौंडा–११ वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जुना दाहालको हातबाट वितरण गरिएको सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए। अतिविपन्न परिवारका बालबालिकाको अध्ययन निरन्तरता र अभिभावकको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको सिविन बाल हेल्पलाइनकी सामाजिक परिचालिका पलिना अर्यालले…
Read More
बकैया ३ मा भुमी अधिकार मंचको भेला सम्पन्न

बकैया ३ मा भुमी अधिकार मंचको भेला सम्पन्न

हेटौंडा । राष्ट्रिय भुमी अधिकार मंच नेपाल बकैया गाउपालिका भेला शनिबार सम्पन्न भएको छ । मकवानपुरको बकैया ३ नम्बर वडा हात्तीसुडेमा भएको भेलाले बृहत रुपमा गाउँपालिका भेला गर्ने भएको छ । मंचका जिल्ला कमिटी सदस्य भुवन सिं घलानको सभाध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको छ । भेलाले भेषबहादुर घलेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कमिटी सदस्यमा इन्द्रबहादुर स्याङ्तान, जगतमान गोले, कृष्णप्रसाद घिमिरे, धनकुमार थोकर, प्रेमप्रसाद घिमिरे, विशाल वाइबा, सुनिता बि. क., चित्र कुमारी स्याङ्तान चयन भएका छन् । मंचका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला मंच अध्यक्ष देवकृष्ण थोकर, कोषाध्यक्ष ठुलीमाया मुक्तान,…
Read More
‘हामी बद्लिए देश बद्लिन्छ, यत्ति हो भाषण’- बुद्ध लामा

‘हामी बद्लिए देश बद्लिन्छ, यत्ति हो भाषण’- बुद्ध लामा

हेटौंडा । नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार बुद्ध लामाले हेटौंडा ११ का मतदाताहरुलाइ भेटी हामी बद्दलिए देश बद्लिन्छ भन्ने कुरा नै आफ्नो भाषण भएको बताए । हामीलाई धेरै भाषण गर्नुछैन अब काम गरेर देखाउने हो । हाम्रो चुनाव चिन्ह रुख हो, यो सबैलाइ थाहा छ । लामाले छोट्करीमा आफ्नो कुरा राखे । नेपाली काङ्ग्रेस जिल्ला सभापति , बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका राजनीतिक सल्लाहकार समेत रहेका लामाले मतदाता हरुलाइ आफ्नो अमुल्य मत दिन आग्रह गरे । उनले डाङ्डुङ्गेमा अवस्थित मामा घर नेपाल पुगेर संस्थाका सञ्चालक डाक्टर अर्पण पराजुली , सचिव , मामाघर आशृत बालकहरुलाइ पनि भेटेर…
Read More
बागमती प्रदेश: साना किसानका लागि प्रत्यक्ष लाभ हुने योजना ल्याइने

बागमती प्रदेश: साना किसानका लागि प्रत्यक्ष लाभ हुने योजना ल्याइने

भीमफेदी ।  बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले 'थप पशु उपहार' कार्यक्रम ल्याउने घोषणा गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित 'किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला'लाई सम्बोधन गर्दै उनले साना किसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा साना किसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए। "एउटा गाई पालेका किसानलाई थप दुई वटा गाई किनिदिने र एउटा भैंसी पाल्नेलाई अर्को भैंसी थपिदिने गरी हामीले कार्यक्रम ल्याउन खोजेका छौँ," मन्त्री पौडेलले भने, "निर्वाहमुखी खेती…
Read More
चिया गफमै भोट माग्दै विष्ट

चिया गफमै भोट माग्दै विष्ट

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ नेकपाका प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टले हेटौंडा ११ सिमल टारका बासिन्दासग भोट मागेका छन् । स्थानीयहरुसग चिया पिउने भन्दै बिहानै कैलाश चिया पसल पुगेका बिष्टले स्थानियसग चिया पिउदै भोट हालेर जिताउन आग्रह गरेका थिए । उनले सिमलटारको जनसंख्या , लालपुर्जा नाअएको बिषयमा चासो दिएका थिए । बिष्टले करिब २ हजार घरधुरी रहेको टोलवासीहरुलाई लालपुर्जा ब्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताए । मैले तपाईंहरुको समस्या बुझेको छु , मैले पहल गर्नुपर्ने ठाउँमा चुनाव जितेपनी हारेपनी पहल गर्छु भन्दै सिमलटारवासीलाइ आश्वस्त पारे बिष्टले । ५ वर्ष मकवानपुरको थाहा नगरपालिकाको बागडोर सम्हालिसकेका बिष्ट थाहा नगरको बिकाशमा…
Read More
तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

हेटौंडा । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा कार्यालयले तेस्रो घरेलु उत्पादन प्रदर्शन मेला गर्ने भएको छ । माघ १६ र १७ गते हुने मेलामा नृत्य प्रतियोगिता , शैक्षिक प्रदर्शनी पनि गरिने वडाध्यक्ष फुर्वा दोर्जे तामाङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । राजनीतिक दल , टोलबिकास संस्था नगर समन्वय समिती , टोलबिकास संस्थाहरु , उद्योग वाणिज्य संघ मकवानपुर , सामुदायिक वन उपभोक्ता समुह , जाल्पादेवी महिला उद्धमी केन्द्र हेटौंडा , ढाका उद्धमी समूह हेटौंडा , सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० बसपार्क , स्थानीय क्लब , आमा समूह , सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत संघसंस्थाको समन्वय र सहकार्यमा मेला हुने…
Read More
मकवानपुरका दुई क्षेत्रमा ४४ उम्मेदवार मैदानमा

मकवानपुरका दुई क्षेत्रमा ४४ उम्मेदवार मैदानमा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम र राष्ट्रिय…
Read More
ज्ञानदिपको रजत महोत्सव माघ ८ देखि १८ गतेसम्म

ज्ञानदिपको रजत महोत्सव माघ ८ देखि १८ गतेसम्म

हेटौँडा । ज्ञानदिप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ज्ञानदिप रजत महोत्सव २०८२ मनाउने भएका छन् । सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सहकारी तथा विद्यालयले माघ ८ गतेदेखि १८ गतेसम्म विभिन्न शैक्षिक, खेलकुद तथा सामाजिक कार्यक्रमसहित रजत महोत्सव मनाइने जानकारी गराएका हुन् । सहकारीका सचिव लिलानाथ ढुंगेलका अनुसार महोत्सवअन्तर्गत माघ ८ गते जिल्ला स्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता आयोजना गरिनेछ । त्यसैगरी माघ ९ र १० गते हेटौँडा उपमहानगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता, माघ १० गते नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुनेछ । अभिभावक तथा शेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता माघ ९ र १०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.